सामुदायिक सिकाई केन्द्र गोरखाको विस्तारित बैठक धुवाँकोटमा सम्पन्न

रविन्द्र कंडेल
गोरखा, साउन २६ गते
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटमा रहेको धुवाँकोट सामुदायिक अध्ययन केन्द्रको भवनमा सामुदायिक अध्ययन केन्द्र जिल्ला सञ्जालको आयोजनामा दोश्रो विस्तारित वैठक सञ्जालका अध्यक्ष बालकृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ । विस्तारित बैठकमा प्रमुख अतिथिको रुपमा गोरखा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ का प्रमुख खेमराज पौडेलले सम्बोधन गर्नुभएको थियो । बैठकमा बोल्दै इकाइ प्रमुख पौडेलले गोरखाको छोटो इतिहासमा नै सिकाई केन्द्रहरुले अग्र स्थानमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । साथै धेरै क्षेत्र भएको अध्ययन केन्द्रले स्थानीइ पालिकाहरुसंग समन्वय गर्न सकेमा धेरै गर्न सकिने सम्भावना भएको बताउनुभयो । जसमा जिल्ला शिक्षा समन्वय इकाइ गोरखाका उप सचिव ठाकुरजी तिवारीले सामुदायिक अध्ययन केन्द्रका काम कर्तव्य र अधिकार तथा हालसम्म गोरखा जिल्लामा रहेका सामुदायिक केन्द्रहरुको अवस्थाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । जसमा बैठकको आतिथ्यता ग्रहण गरेको धुवाँकोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष एवं वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले आफ्नो सिकाइ केन्द्रले गरेका गतिविधीहरुको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो । बैठकमा गोरखा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष एवं गोरखाका पूर्व मेयर विश्वेश्वर कट्टेल, सञ्जालका सदस्य विष्णुमणि रेग्मी लगायतकाले मन्तव्य राखेका थियो । बैठकले साविक पश्चिमाञ्चल विकास क्षेत्रमा ४१८ मध्ये प्रथम हुन सफल धुवाँकोट सिकाई केन्द्रलाई बधाई ज्ञापन गरिएको थियो भने सिकाई केन्द्रका प्रवद्र्धक शैक्षिक श्रोत तथा विकास केन्द्र का कार्यक्रम संयोजक भीम प्रसाद पोख्रेल लाई सञ्जालले जिल्लामा सिकाई केन्द्र स्थापनाका लागी विशेष योगदान पुर्याएबापत सम्मान पत्र सहित सम्मान गरिएको थियो । गोरखा जिल्लाभित्र २७ वटा सामुदायिक अध्ययन केन्द्र रहेका छन भने २५ सिकाई केन्द्रका आफ्नै कार्यालय सञ्चालनमा रहेका छन भने १० वटाको मात्र आफ्नै भवन रहेको छ । बैठकले गृहिणी विद्यालयका शिक्षिकाहरुको तलब स्केल समायोजन गर्ने, सञ्जालको बैठक घुम्ती प्रक्रियाका आधारमा बस्ने, हरेक सिकाई केन्द्रमार्फत सञ्जालमा बुझाउने लगायतका निर्णयहरु गरेको छ । विस्तारित बैठकमा सवै अध्ययन केन्द्रका प्रमुखहरु तथा सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker