सिटीइभिटिको स्थगित प्राविधिक एस.एल.सी तहको प्रबेश परिक्षा भाद्र ५ गते

स्थगित प्रवेश परिक्षा सिटीइभिटिको प्राबिधिक एस.एल.सी तहको प्रेबेश परिक्षा भाद्र ५ गते मंगलबारका दिनको २ बजे हुने भएको छ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज २२ गते सुचना प्रकासित गरि सरोकार सबैमा जानकारी गराएको छ ।
प्राबिधिक एस.एल.सी. तहको हिजो मिति २०७५/०४/२१ मा परीक्षाकै दिन अकस्मात सुचना प्रकासित गरि प्राबिधिक एस.एल.सी तहको पूर्ण शुल्कीय तर्फको परीक्षा अर्को सुचना प्रकासित नहुन्जेल सम्मको लागि स्थगित गरिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयलेले प्रवेश परीक्षा स्थगन गर्नुको ठोस कारण भने खुलाउदै गण्डकी टेक्निकल ट्रेनिंग सेन्टर, दमौलीमा परीक्षा संचालनका निमित्त १५० थान प्रश्नपत्र बुझी सोहि संस्थाका कर्मचारी प्रेमचन्द्र याडब दमौली जादै गर्दा डुम्रेमा मोटरसाइकल दुर्घटना भइ बेहोस हुदा निजको प्रश्नपत्र राखिएको झोला हराएको जानकारी गराएकाले परिक्षा स्थगित गर्नु परेको प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।

दुर्घटनाका कारण परीक्षा स्थगित हुदा आम बिद्यार्थी एवं सरोकारवाला सबैमा पर्न गएको असुबिदा प्रति क्षमायाचना गर्दै सिटीइभिटि परिक्षा नियन्त्रण कार्यालयले सुचना प्रकासित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker