मगर दम्पत्ति समाजबाट विस्थापित हुने स्थितीमा

 

अमरराज नहर्की

तनहुँ ,

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ को आँबुखैरेनी बजारको प्रगतिशिल टोलमा बस्ने एक मगर दम्पत्तिको परिवार सो वस्तिबाटै विस्थापित हुने स्थितीमा पुग्न लागेका छन् । यस्तो समस्यामा पर्नेमा ५५ वर्षका तुलबहादुर थापा मगर र उहाँको श्रीमती ४७ वर्षिया पूर्नमाया थापा रहनु भएको छ । विस्थापित हुने स्थितीमा पुगेपछि न्यायको लागि मगर दम्पत्ति भौंतारिदैं हिडेका छन् । समाजमा विस्थापित हुने स्थितीमा आएमा पुर्नस्थापन गर्नु पर्नेमा सस्थाका मूख्य पदका पदाधिकारीहरु नै विस्थापित गर्न लागि परेको पाईएको छ ।

आँबुखैरेनी बजारमा विस्तार र स्तरउन्तनी गर्न लागिएको आँबुखैरेनी चक्रपथ निमार्णको क्रममा जग्गामा परेको विवाद अहिले उग्र रुप लिएको छ । २०५२ साल चैत्रमा खुलाईएको सडकलाई २०६८ साल पुस ३० गते सर्व सम्मतबाट सबै जग्गाधनीले दुवै पट्टीबाट आधा÷आधा जग्गा कट्टा गरी ५ मिटर बाटो कायम गर्ने गरी मन्जुरी भई मालपोत कार्यालयबाट लगत कट्टा गरिएको थियो । सडक निमार्णको क्रममा कसैको धेरै र कसैको थोरै जग्गा काटिएको भन्ने विवाद सुल्झाउन नसक्दा समस्याको समाधान हुन सकेको छैन । प्रगतिशिल टोलविकास सस्था र चक्रपथ मोटरमार्ग निमार्ण समितिका पदाधिकारीहरुको मिलेमतो लगतकट्टा गरिएको भन्दा फरक ढङ्गले सडक निमार्ण गर्न लागे पछि किन यस्तो गरेको भनि विरोध गरेपछि सस्थाका मूख्य पदाधिकारीहरुले बस्तीबाट निकाल्ने धम्कि दिएको तुलबहादुर थापा बताउनु हुन्छ । थापाका अनुसार सडक निमार्णको विरोध गरे समाजबाटै निकाल्ने सस्थाका अध्यक्ष लालबहादुर थापा , कोषाध्यक्ष दिनेश कार्कीले धम्कि दिएका छन् । ‘सस्थाका अध्यक्ष लालबहादुरले बस्तीमा बस्ने हो भने सात पटक ढोगेर माफी माग्नु पर्छ भनेर आपूmलाई भनेको तुलबहादुरकी श्रीमती पुर्नमाया बताउनु हुन्छ । सस्थाका कोषाध्यक्ष कार्कीले टोलबाट निकाल्नको लागि सहि गराउँदै हिडेको त्यस्तो कार्य अनिवार्य गर्न लगाए पछि कति पय सही नगरी भागेको पुर्न मायाको भनाई छ । लालबहादुरले घरमा भाडामा वस्नेलाई पनि निस्केर जा भाडामा बस्नेको १० वर्षिय समिर खड्कालाई मोबाईलले बाहिर बसेर भिडियो खिच्दा हात काट्दिम नखिच भनेको पूर्नमायाको श्रीमान् तुलबहादुर बताउनु हुन्छ । लगत कट्टा अनुसार र त्यो भन्दा फराकिलो बनाउन परे पनि दुवै पक्षको बराबर गरी सडक निमार्ण गर्न मगर दम्पत्तिले समितिमा उजुर गरेको र समितिले वास्ता नगरे पछि जिल्ला प्रशासन कार्यालय पुगेको र प्रशासनले भेला गरी छलफल गरेर दुवै पक्षले आधा÷आधा जग्गाको लगत कट्टा गर्न भनि आदेश दिएपछि मालपोतबाट ६ वर्ष अघि लगत कट्टा गरिएको हो । तुलबहादुरले लगत कट्टा विपरित सहमति अनुसार काम नभएर उपभोत्ता समिति र टोल सुधार समितिले सडक बनाउन थाले पछि कार्य रोक्नको लागि २०७३ साल वैशाख २२ गते सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । मुद्धा चले पछि कुनै पनि स्वरुप फेरबदल नगर्नु भनि अदालतले आदेश दिएको अवस्थामा समितिले २०७५ साल साउन १२ गते जबरजस्ती सडकको ग्रावेल गर्न काम अघि बढाईए पछि टोल सुधार समितिका अध्यक्ष लालबहादुर थापा , कोषाध्यक्ष दिनेश कार्की , चक्रपथ निमार्ण समिति , प्रगति मार्ग टोल सुधार समितिलाई अदालतको अवहेलना गरेको भनेर जिल्ला अदालत तनहुँमा साउन १३ गते मुद्धा दायर भएको छ ।

प्रगति टोल सुधार समितिका अध्यक्ष लालबहादुर थापा आपूmले अपशब्द नबोलेको दाबी गर्नुहुन्छ । विवाद पर्दा सामान्य भनाभन भएको तर सडकको निमार्णको कार्य सर्वसम्मत रुपमा अघि बढेको उहाँ बताउनुहुन्छ । कोषाध्यक्ष दिनेश कार्की सडकमा निमार्णको क्रममा तुलबहादुरले मात्रै विरोध गरेको बताउनुहुन्छ । ‘कतै घुम्ति हुन्छ , कति उकालो हुन्छ त्यसमा बराबर जग्गा काटेर लान सम्भव हुँदैन केही मात्रामा घटबढ हुन्छ एक जनाले विरोध गरेर विकास रोक्न पाईदैन’ कार्कीले भन्नु भयो । तुलबहादुर र उहाँको श्रीमती भने बराबर जग्गा काट्न मिल्ने ठाउँमा पनि आफ्नो जग्गा बढी मिचेको बताउनु हुन्छ । समितिका पदाधिकारीहरुले आफ्नो र आफन्तको जग्गालाई कम पार्ने र सोझा निरीहलाई मर्कामा पार्ने काम भएकोले सत्यतथ्य छानविन हुनुपर्ने माग तुलबहादुरको रहेको छ । विवाद र अदालतमा मुद्धा हुँदा हुँदै पनि सडकको निमार्ण कार्य विवाद छैन भनि खानेपानी नगर आयोजनाको कार्यालयलाई समितिले स्पष्ट पारेकोले त्यसमा पनि अदालतको मानहानी गरेको भनि तनहुँ जिल्ला अदालतमा तुलबहादुरले असार २८ गते आयोजनाको विरुद्ध मुद्धा दायर गर्नु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker