एन.आई.सी. एशिया बैंकको गोरखा शाखाको ATM  सञ्चालनमा

 

एन.आई.सी. एशिया बैंक लिमिटेड, गोरखा शाखाले शाखा कार्यालय रहेको स्थान हरमटारीमा नै  सञ्चालनमा ल्याएको  छ। २००० भन्दा बढि ग्राहक बनाइसकेको यस शाखाले ग्राहककै सेवा सूबिधालाई छिटो छरितो र सहज बनाउने उ२ेश्यले ATM राखिएको जनाएको छ । स्थापनाको छोटो समयमा नै यस शाखाले पर्यटन, कृषि तथा अन्य  उत्पादनशिल क्षेत्रमा पनि विशेष प्राथमिकताका साथ लगानी गरिरहेको छ । यस बैंकको मुल उद्धेश्य नै गोरखा जिल्लाको साथ साथै व्यवसायी स्वयंको आर्थिक विकासमा सहयोग पूग्नेगरी कृषिको आधूनिकिकरण र दिगो पर्यटन विकासमा टेवा पूग्ने गरी व्यबसायीलाई आवश्यक पर्ने रकम उपलव्ध गराउने रहेको छ ।

एन.आई.सी. एशिया बैंक लिमिटेडले हाल न्यु प्रिमियम समून्नती बचत खातामा दैनिक मौज्जादमा बार्षिक ७ प्रतिशतका दरले र १ वर्षे मूद्धती खातामा बार्षिक १०.५० प्रतिशतका दरले ब्याज दिदै अइरहेको छ । बैंकले  SMS Banking, Internet Banking, ATM Visa Card, Missed Call Banking जस्ता सेवाहरु पनि उपलब्ध गराउदै आइरहेको छ । बैंकले हाल नेपाल भरी २३५  शाखा कार्यलय र २२६ ATM वाट सेवा दिईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker