धुवाँकोटमा एम्बुलेन्स किन्ने तयारी, अहिलेसम्म साढे नौ लाख उठ्यो ।

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटमा एम्बुलेन्स खरीदको लागी हालसम्म साढे नौ लाख सहयोग प्राप्त भएको छ । वडामा एम्बुलेन्स नहुँदा मानिसहरु विरामी हुँदाका बखत बिरामीहरुलाई हस्पिटल सम्म पुर्याउनको लागी गाह्रो भएका कारण एम्वुलेन्सको आवश्यकता महसुस गरी एम्बुलेन्स खरीद गर्ने निर्णय गरिएको वडाध्यक्ष शंकरराज कंडेलले बताउनुभयो । एम्बुलेन्स खरीदको लागी स्थानीय स्तरबाट र विदेश बस्ने वडाबासीबाट गरी सो रकम संकलन भएको समेत वडाध्यक्ष कंडेलले बताउनुभयो । उहाँका अनुसार अव छिटै खरीद प्रक्रियामा जाने बताउनुभयो । अहिलेसम्म खरीद प्रक्रियाको लागी राजश्व छुट लगायतका विषयमा आवश्यक कागजात तयार पार्ने काम भैरहेको समेत उहाँले बताउनुभयो । गाउँमा एम्बुलेन्स सञ्चालन गर्ने योजना मुताविक विदेशमा वस्नेहरुले सहयोग रकम उत्साहजनक रुपमा पठाएका छन । हालसम्म कतार, दुवई मा काम गरिरहेका वडाबासीहरुले सहयोग रकम पठाइसकेका छन भने अस्टे«लया, जापान तथा अमेरिका लगायतका देशहरुबाट आउन बाँकी रहेको बताइएको छ । कतारबाट सागर अधिकारीको संयोजकत्वमा रकम संकलन गरी एकमुष्ट १ लाख ७७ हजार ७ सय नब्बे रुपैयाँ पठाएको कतारबाट सागर अधिकारीले गोरखा संसार डट कमलाई जानकारी दिनुभयो । उहाँले आफूहरु विदेशमा भएतापनि गाउँमा बा आमा विरामी पर्दा हस्पिटलसम्म पुर्याउन सहज होस भन्ने हेतुले आफूले सक्रियताका साथ सहयोग रकम संकलन गरेको बतउनुभयो । उहाँका अनुसार कतारमा काम गर्दै आएका वडा नं. ८ बासी तथा वडा नं. ७ का ४ जना र सर्लाहीका एकजनाबाट सहित गरी उक्त रकम संकलन गरेको बताउनुभयो । सो स्थानबाट एम्बुलेन्स सञ्चालनमा आएसंगै वडा नं. ८ सहित वडा नं. ६ र वडा नं. ७ का वासिन्दाहरु समेत प्रत्यक्ष लाभान्वित हुनेछन । सहयोग रकम जम्मा गर्नको लागी सहयोग संकलन समितिले आँबुखैरेनीस्थित राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेको छ । सहयोग गर्न चाहनेहरुले सो बैकमा रहेको एम्बुलेन्स खरीद तथा व्यवस्थापन शाखाको खाता नं.३१९०००११७२०१ मा जम्मा गर्न सक्ने वडाध्यक्ष कंडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker