नगरप्रमुखसंगकेा सम्झाैतापछि खुल्याे अवरूद्ध मध्यपहाडी लाेकमार्ग

सुजन न्याैपाने, गाेरखा ।
पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङमा पानी परेसँगै बाटोमा हिलो जम्ने , खाल्डा खुल्डी गर्दा गाडी फस्ने र हिड्दा हिलाम्य हुने भएपछि स्थानीयहरु आन्दोलित भएका छन् । बाटो भत्केर हिलो भएको भन्दै बाटो बनाउने क्रममा रातो माटो ल्याएर हालेको र दुर्घटना पनि हुन सक्ने भन्दै स्थानीयहरु बाटो नै अवरूद्ध गरेर आन्दोलमा उत्रेका हुन् सदरमुकामबाट नजिकै रहेको नगरपालिकाको सडकको हालत यस्तो हुदा पनि स्थानीय जनप्रतिनिधिले केही चासो नदेखाएको र कुनै पहल नभएको स्थानीय युवा प्रकाश न्यौपाने बताउँछन् ।स्थानीय आन्दोलनमानै उत्रिएपछि नगर प्रमुख दिपकबाबु कडेलले बिहान बाटोको निरीक्षण समेत गरेका थिए । स्थानीयले विहानैदेखि सडक अवरूद्ध गरेका थिए ।  उनले बाटो जसको जिम्मामा भएपनि गाडी सहजकता साथ चल्न सक्ने र सम्बन्धित निकायले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सडकले खास चासो नदेखाएको प्रति नगर प्रमुखले आपति समेत जनाए ।  सडकले मध्य पहाडी राजमार्गलाई बाटो हस्तान्तरण पनि नगरेकोले यस्तो अवस्था आएको उनको कथन थियो ।  उक्त खण्डमध्येको पहिलो दुई बर्ष अगाडि आधा बाटो पिच भएको छ भने आधा बाटोको अवस्थामा यस्तो छ । विभिन्न विकासको आयोजनाहरूलाई चुनावी मुद्दा बनाएर चुनाब जितेका जनप्रतिनिधिको आँखा कहिले पुग्न सकेको छैन ।प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई, राष्ट्रियसभामा काँग्रेसका नेता सुरेन्द्र पाण्डे र पालुङटार नगरपालिकाको उपप्रमुखमा पनि खोप्लाङ कै पम्फा बसेल निर्वाचित भएका छन् ।
नगर प्रमुख सँग बाटाे बनाउने सहमति पछि बाटाे खालियकाे छ ।  सहमित अनुसार बाटाे सञ्चालनकाे लागी तुरून्तै खाल्डा खुुल्डी पुर्ने र सहज रूपमा सञ्चालनमा ल्याउन डाेजर प्रयाेग गरी पहिराेले पुरिएकाे बाटाे सफा गर्ने, ग्राभेलकाे सट्टा राताे माटाे हालेकालाइ कारबाही गर्न पहल गर्ने, सडककाे पिचकाे अायु २ वर्ष भएकाे तर ४ बर्ष वितिसक्दा समेत मरमत नभएकाले मरमत र बाँकी भागमा पिचकाे लागी पहल गर्ने, दराैंदीबाट उत्खनन गरिएकेा ग्राभेलकाे विनियाेजित रकम पारदर्शी हुनुपर्ने लगायतका सहमित भएपछि मात्र बाटाे खाेलिएकाे र समयमा कार्यान्वयन नभए थप संङघर्ष गर्ने स्थानीय प्रकाश न्याैपानेले बताए  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker