गाेरखामा कांग्रेसको सरकार बिराेधी अान्दोलन

गोरखा, १५ साउन

सरकारले असंवैधानिक निर्णय गरेको भन्दै नेपाली काँग्रेस गोरखाले आज सदरमुकाममा विरोध प्रदर्शन गर्ने गरेको छ । लोकतान्त्रिक संविधानको भावना मर्म विपरित कानुनी खिल्ली उडाउदै मनोमानी ढङ्गबाट सरकारले अधिनायकवादी शैलीमा सरकार अघि बढेको आरोप लगाउदै काँग्रेसले आज गोरखामा शक्ति प्रदर्शन गरेको हो ।

तिनधारेबाट सुरु भएको बिरोध ¥याली ठूलोआँगन, बसपार्क, शक्तिचोक, कालिमाटी हुदै हरमटारी चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई नेपाली काँग्रेसका तिन जना केन्द्रिय सदस्यहरु सुरेन्द्रराज पाण्डे, कमला पन्त र चिनकाजी श्रेष्ठ साथै जिल्ला सभापति हरि बहादुर घलेले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker