अमर ज्योतिको ज्योति जोगाउन सक्रिय बने स्थानीय

गाेरखाकाे पालुङटार नगरपालिकाे अमर ज्योति मा.वि लुइटेलकाे १२ कोठे भवन निर्माणको लागी शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा बस्दै आएका नेपालीहरुको संगठन गोरखा फाउन्डेसनले विद्यालयमा ३ करोडको लगानीमा उक्त भवन बनाउन लागेको हो । पालुङटार नगरपालिकाका प्रमुख दिपक बाबु कंडेलले विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै अब यो ऐतिहासिक विद्यालयको ज्योति निभ्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । शिलान्यास नगरप्रमुख कंडेल र गोरखा फाउन्डेसन को उपाध्यक्ष उमाकान्त देवकोटाले संयुत्तः रुपमा गरेका थिए । यस अघि भारतीय दुतावासले विद्यालयमा १९ कोठे भवन बनाएर हस्तान्तरण गर्न नपाउँदै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो ।

त्यसपछि भारतीय दुतावासले भवन निर्माण गरिदिने आश्वासन दिएपनि काममा कुनै चासो नदेखाएकोले त्यसको भर पर्नुभन्दा अन्य विकल्पको रुपमा गोरखा फाउन्डेसन मार्फत भवन निर्माण गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपानेले बताउनुभयो । त्यस्तै दुतावसद्धारा निर्मित क्षतिग्रस्त भवन पुननिर्माण प्राधिकरणले १ करोड २४ लाखको लागतमा मरमत कार्य शुरु गरेको छ । दुतावासमा पटक पटक सम्पर्क गर्दा भवन आफूले बनाइदिने आश्वासन दिएपनि क्षतिग्रस्त भवन मरमत तथा नयाँ भवन निर्माणमा कुनै चासो नदेखाएको अध्यक्ष न्यौपानेले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker