तनहुँमा भएको सडक दुर्घटनामा एकको मृत्यु, १५ जना घाइते

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको छिर्कनेमा सोमबार बिहान माइक्रोबस र कन्टेनर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माइक्रोमा सवार भोजपुर बोक्सिङ्ग नगरपालिका-६ का १९ बर्षीया सविना र्राई रहेको प्रहरीले जनाएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फजाँदै गरेको बा२ख १८३८ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरेको बा४ख ११२४ नम्बरको कन्टेनर एक आपसमा ठोकिदा उक्त दुर्घटना भएको थियो ।

त्यस्तै, उक्त दुर्घटनामा परि १५ जना यात्रु घाइते छन् । घाइते मध्ये ४ जनाको पोखराका अस्पतालमा उपचार भइरहेको छ भने, अन्य घाइतेको दमौली स्थित रत्नहरि अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले माइक्रो चालकलाई नियन्त्रणमा लिएको छन् भने कन्टेनर चालक फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker