शोकमा डुब्यो भानुको भन्सार, एउटै घरबाट तीन जनाको शव उठाउँदा स्थानीयको रुवाबासि

तनहुँको भानु नगरपालिका-१ भन्सार अहिले शोकमा डुबेको छ । इच्छाकामना गाउँपालिका वडा नं. ३ चुम्लिङ्टारमा शुक्रबार भएको बस दुर्घटनामा परी एकै घर परिवारका तीन जनाले ज्यान गुमाउँदा भन्सारका बासिन्दा स्तभ्ध भएका हुन् । अस्ट्रेलीया जाने भिषा लगाई फलाइट दुइदिन पर सारि गोरखाको मनकामना मन्दिर दर्शनका साथै भानु-१ भन्सारमा रहेका आफन्तलाई भेटघाट गर्न भनि आएका २७ वर्षीय सुमित श्रेष्ठ सहित बुबा, आमा र बहिनी उक्त दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परी सुमितकी बहिनी १९ वर्षीय कविना श्रेष्ठ, ४७ वर्षीय आमा कमला श्रेष्ठले पनि ज्यान गुमाउन पुगेका छन् । ५१ वर्षीय बुबा विष्णु कुमार श्रेष्ठको अहिले भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

काठमाडौं बस्दै आएका श्रेष्ठ परिवार आफन्त भेट्ना आउँदा दुर्घटनामा परी ज्यान गुमाएको खबरसंगै भन्सार स्तभ्ध भएको थियो । मृतकहरुको शव भन्सरमा ल्याई शनिबार मर्स्याङ्गदी स्थित शतिघाटमा अन्तिम संस्कारका लागि लगिएको थियो । घरबाट एकैपटक तीन वटा शव उठाउँदा भन्सार बासिमा रुवाबासि चल्यो । भन्सारका बासिन्दाहरुले आमा, छोरा र छोरीलाई रुदै अन्तिम विदाई गरे । उनिहरुले भने, “आफैंले जन्मायौ, आफुसंगै लिएर गयौ, यस्तो कोसइको पनि नहोस्, देख्न अनि सुन्न पनि नपरोस् !”

 

त्यस्तै, धादिङमा वास परियोजनामा कार्यरत सव इन्जिनियर तनहुँ केशवटार बस्ने वर्ष ४० का बाबुराम तिवारीको पनि उक्त दुर्घटना ज्यान गएको छ । शुक्रबार घरमा आउँदै गरेका तिवारीको दुर्घटनामा परी मृत्यु हुँदा अहिले व्यास-१४ केशवटार गाउँ पनि शोकमा डुबेको छ ।

उक्त दुर्घटनामा परी पाल्पा बेगनास कालिका गाउँपालिका बस्ने बर्ष ३२ का अर्जुन न्यौपाने, धादिङ सुनौली बजार गाउँपालिकाका १३ महिने बालक रविन्द्र राना मगर, काठमाडौं बस्ने बर्ष ३० का रबिन गुरुङ, भारत विहार बेतिया बस्ने फिरोज मिया गरी ८ जनाको ज्यान गएको छ ।

काठमाडौंबाट पोखरा हुँदै स्याङ्जा जान आएको ना६ख २५०६ नम्बरको बस ना५ख ७४०९ नम्बरको ट्रकसँग शुक्रबार मध्यान्ह करिब ११ बजेर ५० मिनेट जाँदा ट्रकसँग ठोक्किएको थियो । बसका चालक स्याङ्जाका ५१ वर्षीय उदयराज लामिछाने पनि घाइते छन् । बाटोमा अचानक ट्रक देखिएको र ब्रेक लगाएको बसका घाइते चालक लामिछानेले बताएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ट्रकसँग ठोक्किएपछि बस सडकबाट करिब १५ फिट तल खसेर खोँचमा अड्केको थियो । त्यहाँ नअड्केको भए बस त्रिशुली नदीमा खस्थ्यो । उक्त दुर्घटनामा परी १७ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये छ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, छाउनी अस्पताल र गजुरी अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker