
२०७५ सालमा संचालित कक्षा १२ को नतिजा यहि साता सम्ममा प्रकाशित हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार डाटा इन्ट्री र रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले नतिजा यहि हप्ताभित्रमा प्रकाशन गरिने बताइएकोे छ ।
यो पटक सबै बिषयको नतिजा एकैसाथ प्रकाशन गर्ने तयारी समेत भैरहेको छ । “यो पटक देखि संकाय भन्ने नहुने भएकाले पनि नतिजा सबै बिषयको एकै चोटी आउने सम्भावना उच्च छ, तर यस बारेमा अहिल्यै नै केहि भन्न भने सकिदैन, ” उनले भने ।
अक्षराङ्कन (ग्रेडिङ) पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘डी प्लस’ वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ ।
२०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।