बृद्धभत्ताको पैसा पुजारीलाई

गोरखा, शहिदलखन

गोरखा शहिदलखन गाउँपालिका ८ निवासी डिलबहादुर केसी आफूले पाउने बुद्धभत्ताको सबै पैसा कोटकाली मन्दिरका पुजारीलाई दिने गरेका छन् । गाउँमा मन्दीर भएपनि पूूजा गर्ने पुजारी नभएपछि डिल बहादुर केसीले राजा प्रसाद लम्साललाई आफ्नो बृद्धभत्ता दिएर कोटकालीको पुजारी बनाएका हुन् ।
‘सबैले मानिआएका देउता कोटकालीमा पहिले जस्तै सधैँ पूजाआजा हुनै छोड्यो’ केसीले भने ‘गाउँका सबैले बेलाबेलामा जाने पूजा गर्ने गरिरहन्थेँ । तर, त्यहाँ सधैँ पूजा नहुने भएपछि मैले गाउँकै एक पण्डीतलाई मैले पाउने बृद्धभत्ता दिएर सधैँ पूजा गर्न लगाएको हुँ ।’ ७६ बर्ष लागेका केसी बिहान उठेर कोटकाली मन्दीरमा बज्ने शङ्ख र घण्टाको आवाज सुनेर पछि मात्रै आफ्नो दिनचार्य सुरु गर्ने गरेको बताउँछन् । ‘मलाई शङ्ख र घण्टको आवाज सुनेर आनन्द लाग्छ’ उनले भने ‘मान्छेलाई जति पैसा भएपनि कहिल्यै पुग्दैन् । तर, मलाई लाग्छ पैसा कमाएर थुपारेर राखेर काम छैन्, भोली मरेर लैजान मिल्दैन् क्या रे । त्यसैले बाचुन्जेलसम्म सकेको सामाजिक काम गर्ने भनेर लागेको छु ।’
केसीले २०६९ सालदेखि बृद्धभत्ता बुझ्न थालेको हुन् । उनले विगत नीत वर्ष देखि पुजारीलाई आफुले पाउने बृद्ध भत्ता दिँदै आइरहेका छन् । उनी आफ्नो मात्रै हैन् आफ्नी श्रीमतीको बृद्धभत्ता पनि सामाजिक काममा खर्च गर्ने सोँचमा रहेको बताउँछन् ।
‘बल छउनजेल गाउँमा अरुलाई केही दुख प¥यो भने जहाँ जानु परे पनि जान्थेँ’ उनले भने ‘अब त बुढेसकाल लाग्यो, बल लाग्ने काम गर्न सक्दिँन, बृद्धभत्ता बाहेक अरु आम्दानी पनि छैन् ।
त्यसैले यहि बृद्धभत्ता भएपनि सामाजिक कामै खर्च गरेको हुँ । अब, मेरी बुढीको पनि भत्ता आउने बेला भयो, आएपछि उसको पनि अरु कुनै काममा खर्च गर्ने सोचमा छुु ।’
‘मैले भत्ता पाउन थालेको त भर्खरै पाँच बर्ष त भयो नि’ उनले बिगत सम्झिँदै भने ‘२०२५ सालमा गाउँको प्राधानपञ्च भएपछि मैले करीव २० बर्ष यत्तिकै गाउँको सेवा गरे । त्यसपछि ज्याला मजदुरी गर्दै छ वटा छोराहरुलाई पढाउन बढाउन लागे’ उनले थपे ‘अहिले छोराहरुपनि सबै आफैँ कमाउने भए ।


त्यसैले मैले खासै दुख गर्नुपनि पर्दैन् । खाउन लगाउन छोराहरुले दिएकै छन् । बृद्धभत्ताको पैसा मन्दीरमा खर्च गर्छु ।’
समाजसेवा गर्न धन नभई दयालु मन हुनुपर्ने उनको भनाई छ । ‘मँग धेरै धन भएर बृद्धभत्ता पूजारीलाई दिएको हैन्’ उनले भने ‘गाउँमा भएको एउटा मन्दीरपनि दिनकै पूजा नभएपछि लोभ हुँदै गएजस्तो लाग्यो । त्यसैले त्यहाँ सधैँ पूजा गर्न लगाएर हाम्रो संस्कृती जोगाउन मात्रै खाजेको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker