सूचना स्वतः प्रकाशन विद्युतीय प्रणाली सञ्चालनसम्बन्धी सूचना विभागकाे तालिम

काठमाडौं – राष्ट्रिय सूचना आयोगले बिहीबारबाट सूचना स्वतः प्रकाशन विद्युतीय प्रणालीको सञ्चालनसम्बन्धि तालिम दिन सुरु गरेको छ ।

काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपाल सरकारका केन्द्रिय निकायका सूचना अधिकारीहरु सहभागी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचना प्रकाशन गर्दा कार्यालयको काम, कर्तव्य, अधिकार र पृष्ठभूमिलाई विस्तृत रुपमा उल्लेख गर्न निर्देशन दिनुभयो ।

उहाँले सूचना स्वतः प्रकाशन विद्युतीय प्रणालीमा ३ महिनामा परिमार्जन हुनेगरी सूचनाहरुको व्यवस्था गनुपर्नेतर्फ पनि सरकारी निकायलाई सचेत गराउनु भयो ।
आयोगका सूचना आयुक्त किरणकुमार पोखरेलले नागरिकले नमागेपनि नागरिकलाई सूचना दिने आफ्नो दायित्व पूरा गर्न सबै सरकारी निकायलाई सचेत गराउनु भयो ।

उहाँले संविधानले सबै नागरिकलाई सूचना दिने दायित्वको सरकारको भएको स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै त्यसको परिपालना गर्न पनि सरकारका सबै निकाय गम्भिर हुनुपर्नेमा पनि जोड दिनुभयो ।

आयोगकी प्रवक्ता यशोदा तिम्सिनाले गोपनीयताको नाममा सूचना नागरिकलाई नदिने काम कुनै पनि निकायलाई नगर्न सचेत गराउनुभयो ।
उहाँले  नागरिकलाई सूचना दिने काममा प्रगति हुँदै आएको पनि अनुभूूति सुनाउनुभयो ।

आयोगले जनताको सूचनाको हकलाई सुनिश्चित गराउन सूचना र प्रकाशन विद्युतीय प्रणालीको विकास गरेको छ ।

त्यसै प्रणालीलाई लागू गराउन आयोगले सरकारका केन्द्रिय निकायका सूचना अधिकारीहरुलाई प्रशिक्षण दिइएको हो ।

देशका सबै निकायलाई प्रशिक्षण दिने र जनताको सूचना पाउने हकलाई सुनिश्चित गराउने अभियानलाई तीव्रता दिने आयोगले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker