धम्काएर विदेशीको रकम चोर्ने लुटेरा प्रहरी नियन्त्रणमा

तनहुँ समाचारदाता
तनहुँ , साउन ९ गते । भारतिय नागरिकलाई धम्काएर रकम लुट्ने प्रहरीको फन्दामा परेका छन् । लुटेराहरुले भारत घर भएर लमजुङ बेशिसहरमा ठेक्का पट्टा सम्बन्धी काम गर्दै आएका आबिद आलमलाई लुटेका थिए ।
सोमबार बिहान बेशिशहरबाट विरगंज तर्फ जान ना ७ ख ६५७५ नम्बरको बसमा यात्रा गरेका आलमलाई तनहुँको भानु नगरपालिका–१ नेपालडाँडामा आइपुग्दा सोही बसमा सवार एक जना ब्यक्ति र बाटो छेकेर बसेका दुइ जना मानिसले बस जबरजस्ती रोक्न लगाई बसमा सवार यात्रीहरुलाई फलामे रड समेतको हतियार देखाई धम्काई लुटेको प्रहरीले जनाएको छ । लुटेराहरुले आलमलाई बसको सिटबाट घुच्चाउदै रडले प्रहार गरेर उनको साथमा रहेको नगद १ लाख ६६ हजार ४६० रहेको झोला जबरजस्ती खोसी लुटी जंगल तर्फ भागेका थिए । लुटेराले लुटेको खबर पाए पछि तत्काल प्रहरी परिचालन गरी लुटेराहरुको खोजतलास गर्दा लुटेराहरु भाग्ने क्रममा भानु नगरपालिका–१० रोयले जंगलमा झोला सहित छाडेको अबस्थामा ६६ हजार रुपैयाँ फेला पारिएको थियो । नगद लुटी भागेका भानु–१० को जघांर स्थितको मरस्याङ्दी नदी तरी लमजुङ तर्फ भाग्न लागेका अबस्थामा रितेश गुरुङ र सुवास गुरुङलाई फेला पारिएको प्रहरीले जनाएको छ ।
उनिहरुको शरिर तलासी लिदा रितेश गुरुङको साथबाट ५० हजार ४६० फेला परेको प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल मल्लले जानकारी दिनु भयो । लुटिएको उक्त रकम सहित पीडितको भारत सरकारले दिएको आधारकार्ड फेला परी बरामद गर्न प्रहरी सफल भएको छ । लुटपिटमा संलग्न रही फरार रहेका अर्का १ जना ब्यक्तिको खोजतलास कार्य भै रहेको प्रहरीले जनाएको छ । प्रहरीले लुटपिटमा संलग्न रहेको आरोपमा लमजुङको बेशिशहर नगरपालिका–१ उदीपुर बस्ने वर्ष २१ का रितेस गुरुङ र लमजुङ मरस्याङ्दी गाउँपालिका–२ का वर्ष २१ का सुमन गुरुङलाई पक्राउ गरेको छ । पक्राउमा परेका व्यक्तिहरुलाई मंगलबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker