मुल संरक्षणको लागि वृक्षारोपण अभियान

तनहुँको बन्दीपुर गाउँपलिका वडा नम्बर ५ को कार्यालयले मुल संरक्षणको लागि वृक्षारोपण अभियान सञ्चालन गरेको छ । वडाको यस कार्यलाई स्थानीय वासिन्दाहरुले साथ र सहयोग गरेका छन् । ‘हाम्रो चाहाना स्वच्छ , सुन्दर हरियाली बन्दीपुर गाउँपालिका’ भन्ने नारालाई व्यवहारमा उर्तान अभियान सञ्चालन गरिएको सो वडाले जनाएको छ । अभियानको क्रममा ‘जहाँ पानी त्यहाँ जिन्दगानी भन्ने’ भन्ने भावलाई सार्थक दिन हालै चाप्पानी पानीको मुल वरपर वृक्षारोपण गर्नुका साथै मुल भएको ठाउँलाई सरसफाई गरिएको छ । सो कार्य कल्चोक र बाचेगाउँका वासिन्दाहरुको सक्रियतामा गरिएको हो । सो ठाउँको मुलको पानी लाई भविश्यको लागि जोगाउन १ सय ५० वटा चाँपका विरुवा रोपिएको वडा सदस्य ठाकुरसिंह थापाले जानकारी दिनु भयो ।
स्थानीय वयोवृद्ध रुद्रबहादुर मगर भविश्यको लागि संंरक्षण गर्ने जिम्मा युवाको भएको भन्दै वडाध्यक्ष ध्रुब प्रसाद लामिछानेलाई चाँपको बिरुवा हस्तान्तरण गर्नु भयो । वडाध्यक्ष लामिछानेले गाउँवासी मुल संरक्षण तथा हरियाली बनाउने कार्यमा सक्रिय रुपमा लागेको हुँदा खुसी लागेको बताउनु भयो । साथै वडाध्यक्ष लामिछानेले बन्दीपुरलाई हरियाली बनाउने अभियान सञ्चालन गरिएको र यस्तो कार्यले अभियान सफल हुन मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।सो अवसरमा याम्पाफाँट सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष शेरबहादुर घिमिरे , याम्पा दुग्ध सहकारीका अध्यक्ष छविलाल घिमिरे लगायतले पानीको मुल संरक्षणमा स्थानीय जनताले देखाएको सक्रियता प्रति खुसी व्यत्त गर्दै संरक्षण्मा समेत साथ दिन पनि अभियानले मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । सो वडाद्धारा सानो आँधीमा पनि पानीको संरक्षण र पार्क बनाउने कार्य गत वर्ष नै शुरु भैसकेको अन्य ठाउँमा रहेको मुल संरक्षण गर्न वृक्षारोपण गर्ने र रोपिएका विरुवालाई संरक्षण गर्ने कार्यलाई प्राथमिकता दिईने सो अवसरमा जानकारी दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker