शिक्षक सेवा आयोगमा गोरखाबाट साढे सात हजारको आवेदन

साउन ९ गते । गोरखामा जिल्ला शिक्षक सेवा आयोगमा ७ हजार ४ सय ६० जनाको आवेदन परेको छ । अन्तिम मिति साउन ६ गते सम्ममा सो आवेदन परेको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ ।
इकाइकाका उपसचिव ठाकुरजी तिवारीले दिनु भएको जानकारी अनुसार आयोगमा सबै भन्दा धेरै आवेदन प्राथमिक तहमा परेको छ । प्राथमिकमा ४ हजार ७ सय ६१ जनाको आवेदन परेको छ । तिवारीका अनुसार निम्न माध्यामिकमा १ हजार ९ सय ५३ जनाको आवेदन परेको छ । जसमा नेपालीमा ५९४ जना , गणितमा २ सय ४३ जना , अंग्रेजीमा ३ सय ८३ जना , सामाजिकमा ५ सय ७६ जना , विज्ञानमा १२७ जना , विज्ञान तथा गणितमा ३० जनाको दरखास्त परेको छ । माध्यामिक तहमा ७ सय ४६ जनाको आवेदन परेको छ । जसमा नेपाली विषयमा १ सय ९१ जना गणितमा ९१ जना , अङ्ग्रेजीमा १ सय ९१ जना, सामाजिक विषयमा २ सय ११ जना विज्ञानमा ४६, लेखामा १८ र अर्थशास्त्रमा ५ जनाले दरखास्त दिएका छन् । माग थोरै तर आवेदन धेरै हुँदा प्रतिस्पर्धा चर्को हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker