कहिले बल्छ दलभन्ज्याङ्गमा विजुली ? कता छ जनप्रतिनिधीको चासो ।

गोरखा , पालुङटार

पालुङटार नगरपालिका वडा न. ९ दलभन्ज्याङ्ग भौगोलिक दुरीका हिसाबले सदरमुकाम गोरखाबाट खासै टाढा छैन । तर विजुली बत्ति , खानेपानी र विद्यालय लगायतका सुविधाको हिसाबले दलभन्ज्यङ्ग निकै पछाडि रहेको छ । दलभन्ज्याङ्ग लाई नजिकबाट नियालेर हेर्ने हो भने विजुली बत्तिको अभावका कारण अहिले सम्म हर रात अध्यारोमा बस्नुपरेको छ ।

नेपाललाई लोडसेडिङ मुक्त घोषण गर्यो तर हामीलाई अध्यारोले कहिलै छोडेन राति बाल्नको लागि लाईट र मोबाईल चार्ज गर्न २० देखि २५ मिनेटको बाटो हिडेर जानु पर्ने स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । दलभन्ज्याङ्गका प्रजुन श्रेष्ठले भन्नु २०७२ सालमा भुकम्प गयो र घर भत्कियो त्यस पछि टहरामा बस्नुपर्यो, आफु भरखर कक्षा ९ बाट १० मा दोस्रो भएर गएको थिएँ । आफुले एस,एल,सि दिने समयमा कहिले काहि मट्टितेलको अभावका कारण टुकिबत्ति पनि नहुदा पढ्न नमिल्ने र होमओर्क धेरै हुदा राति दाउरा बालेर त्यस उज्यालोको सहायताले पढेर होमओर्क पनि पुरा गरिन्थ्यो । हामिले त जसो तसो पढियो तर अहिलेको भाई बहिनिहरुलाई टहरामा बसेर राति टुकिबत्तिको सहायताले पढ्न धेरै गाह्रो भएको छ । टहरामै भए पनि बिजुली बत्ति भए त घरमा सजिलो हुने र भाई बहिनीहरुको पढाई राम्रो हुने उहाँले बताउनु भयो । पहिला धुवाँकोट गा.वि.स हुदा २०७० साल तिर विजुलीको तार आएको र पोलको अभावका कारण तार टाङ्गन नसक्दा त्यस तार अनेत्र लगियो । अहिले नगरपालिका हँुदा पनि वडा अध्क्षयलाई यस विषयमा बारम्बार जानकारी गराउँदा समेत खासै चासो नदिएको स्थानियले जनाएका छन । अहिलेको एक्काइसौं शताब्दीमा त्यो पनि नगरपालिकाभित्र अहिलेसम्म एउटा सिङ्गो वस्तीमा विजुली बत्ती नपुग्दा समेत जनप्रतिनिधीको ध्यान नपुग्दा स्थानीयहरु आक्रोशित छन् । नगरपालिकालाई स्मार्टसिटी बनाउने भनी सर्वेक्षण गरिरहेको बेला यस्तो अवस्था भेटिएको छ भने नगरपालिका कसरी बन्ला स्मार्टसिटी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker