गोरखाको शहिद लखन गाउँपालिका ६ अधेरीमा पहिरोमा पुरिएर ३ जनाको मुत्यु ।

 गोरखा, २ साउन

गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । राती देखि परेको अबिरल बर्षका कारण पहिरो खस्दा उनिहरु बसेको कोठा पुरीए पछि उनिहरुको मुत्यु भएको उहाँले बताउनुभयो । बिहान करिव ६ः ३० बजेतिर पहिरो गएको हो । कुँवरकी भान्जी सरु पुजाको निम्तो मान्न मामाकी घर गएकी थिइन् । पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको स्थानियले बताएका छन् । घटना स्थलमा प्रहरी पुगी नसेकको स्थानियबासी श्रेष्ठले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटना स्थल तर्फ प्रहरी गइसेकेको जनाएको छ । लगातारको बर्षा पछि गाउँका अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानियबासीको भनाई छ । लगातारको बर्षाले त्यस क्षेत्रमा अन्यत्र पनि धेरै स्थानमा पहिरो गएको स्थानियबासीहरुले बताएका छन् । पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अहिले अधेरी गाउँशोकमा डुवेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker