पालुङटार ७ का महिलाले पाए चल्ला निकाल्ने मेसीन

पालुङ्टार नगरपालिका वडा नं. ७ माझीगाउँस्थित सिर्जनशील महिला समूले गण्डकी प्रदेशमै पहिलोपटक अण्डाबाट चल्ला निकाल्ने Hatchery Machine पाएको छ । वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न एक कार्यक्रममा समूहकी अध्यक्ष रमा माझीलाई प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राजकुमार पोख्रेलले हस्तान्तरण गर्नुभएको हो । सुआहारा कार्यक्रम अन्तर्गत सुनौलो १००० दिनका आमाहरुका लागी पौष्टिक आहार उपलब्ध गराउने उद्धेश्यका साथ सो मेसीन प्रदान गरिएको सुआहारा कार्यक्रमका यम जि.सीले बताउनु भयो । कार्यक्रममा कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय गोरखाका भेटेरीनरी अधिकृत रामकाजी वन्त, पद्धती विकास कार्यालय गोरखाकी कमला लामिछाने लगायतकाले मन्तव्य राखेक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker