नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् ।
कम्पनीले भर्खरै प्रकाशित गरेको एमआईएस रिपोर्ट ९ःक्ष्क् च्भउयचत० अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेको जनाएको छ । टेलिकमका अनुसार जीएसएम डाटा सेवामा ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवामा १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता रहेका छन् ।
टेलिकमले २०७४ चैतसम्मको नतिजा सार्वजनिक गरेको हो । असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्यसम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker