विद्यार्थीद्धारा मोटररेवल पुलको माग

 

अमरराज नहर्की

दमौली , असार २७ गते । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ , दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले अमरापुरी र विज्ञानचौर जोड्ने पक्कि पुलको माग राखेका छन् ।

व्यास नगरपालिकाको वडा नम्बर २ र वडा नम्बर १ जोड्ने बुल्दी खोलामाथि पुल निमार्ण गर्न तथा कच्ची रहेको मोटर मार्गको सो खण्ड पक्कि बनाई आवाज÷जावतमा सहज बनाउन विद्यार्थीले बुधबार व्यास नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । सो क्याम्पसको स्वत्रन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीद्धारा माग राखिएको हो । विद्यालयहरु र क्याम्पसका साथै सर्वसाधारणलाई दमौली बजार आवातजावात गर्न छोटो बाटो हुने भएकाले पक्कि पुल र सडक स्तरउन्नती गर्नु पर्ने माग युनियनको छ । वर्षायाममा सिधा मार्गबाट विद्यार्थी लगायत सर्वसाधारणले उक्त बाटो हुँदै ज्यानको जोखिम मोल्दै आवातजावात गर्ने गरेकोले माग राखिएको युनियनकी सभापति दुर्गा भण्डारीले जानकारी दिनु भयो ।

माग पुरा गर्न युनियनकी सभापति भण्डारीले व्यास नगरपालिकाका मेयर  वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । युनियनकी सभापति भण्डारी मेयर न्यौपाने सो क्याम्पसको पूर्व प्रमुख हुनु भएकाले माग पुरा गर्न सहज हुने विश्वास गोरखापत्रसँग व्यक्त गर्नु भयो ।

ज्ञापनपत्र बुझ्दै मेयर न्यौपानेले विद्यार्थी र सर्वसाधारणको सहजताको लागि मोटरेवल पुल निर्माण गर्ने जानकारी दिनु भयो । वर्षायाममा तत्काल पुल निर्माणको कार्य गर्न नमिल्ने र वर्षायाम सकिए लगत्तै पुल निर्माणको कार्य अगाडि बढाइने न्यौपानेको भनाई छ ।

मेयर न्यौपानेले पुलका लागि वडा र नगरपालिकाले गरी १५ लाख रुपैयाँ बजेट विनीयोजन गरिएको जानकारी दिनु भयो । मेयर न्यौपानेका अनुसार वडा नम्बर २ ले १० लाख र नगरपालिकाको कार्यालयले ५ लाख बजेट विनीयोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker