
- भन्सार युवा परिवारको आयोजनामा जारी १४ औं राष्ट्रिय खुल्ला नकआउट ‘भानु कप’ फुटबल प्रतियोगितामा आज चार खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा फ्रेन्डसीप युवा क्लब “ए” खहरेले सामना युवा क्लब ए तुरतुरेलाई २ – ० गोल अन्तरले पराजित गरेको छ । उक्त खेलका म्यान अफ दि म्याच खहरेका सुलेमान मगर घोषित भए । त्यस्तै दोस्रो खेलमा अलस्टार युवा क्लब आँबुखैरेनीले बौद्ध युवा क्लब ठुलोबगैँचालाई २ – ० गोलले पराजित गर्दै विजयी भएको हो । भने म्यान अफ दि म्याच अलस्टारका विशेष आले घोषि भएका छन् ।
त्यस्तै आजकै तेस्रो खेल पोखरा – ११ र सालबिस्ने युवा क्लबबीच भएको थियो । निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपपछि ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा सालबिस्नेलाई ४ – ३ गोल अन्तरले पोखरा विजयी भएको छ भने म्यान अफ दि म्याच पोखराका दिप कार्की भए । चौथो खेलमा डुम्रे साँस्कृति युवा परिवार विजयी भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको हो । ट्राईब्रेकरमा चाम्बास युवा क्लब ए लाई डुम्रेले ६ – ५ गोलअन्तरले पराजित गरेको हो । उक्त खेलबबाट डुमे्रका उज्ववल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएको प्रसार प्रसार समितिका संयोजक विपिन श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५० हजार र द्धितिय पुरस्कार ७५ हजार रुपैयाँको साथमा ट्रफि , मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट खेलाडी , उत्कृष्ट गोल रक्षक , सर्वाधिक गोलकर्ता ,अनुशासित टिम तथा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई विशेष पुरस्कार दिईने पनि संयोजक श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको छ । भानु रङ्गशालामा जारी प्रतियोगिता असार २९ गते सम्म चल्ने आयोजकले जनाएको छ ।