लमजुङका तिन युवा उद्यमीलाई युवा प्रतिभा पुरस्कारबाट सम्मान

लमजुङका तिन युवा उद्यमीलाई युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ । जिल्ला युवा समितिको कार्यालय लमजुङले ती युवा उद्यमीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । स्वदेशमै रहेर उद्यमशीलतातर्फ लाग्न अझै प्रेरणा मिलोस् भन्दै सम्मान कार्यक्रम राखिएको युवा समितिले लमजुङले जनाएको छ ।सम्मानित हुनेमा युवा कृषक नवीनराज कुइकेल, लतिल गुरुङ र उत्तम गुरुङ रहेका छन् । जिल्ला युवा समितिले सम्मान गरेकोमा तीनै जना युवा उद्यमीहरुले खुसी व्यक्त गरेका छन् । आफु सम्मानित हुँदा हौसला मिलेको र आफ्नो व्यवसायमार्फत जिल्लाको आर्थिक उन्नतिमा थप टेवा पुर्याउनेतर्फ आफूहरु लाग्ने उनीहरुले बताएका छन् । उनिहरुलाई जिल्ला युवा समितिका अध्यक्ष विवश बुढाथोकी, कार्यालय प्रमुख नारायण रेग्मीले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker