मीण क्षेत्रका व्यक्तिमा लुकेर रहेको क्षयरोग पत्ता लगाउन राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण

ग्रामीण क्षेत्रका व्यक्तिमा लुकेर रहेको क्षयरोग पत्ता लगाउन तनहुँमा पहिलो पटक गरिएको राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण सकिएको छ । हालै सकिएको सर्वेक्षणमा ५५० जनाको खकार सङ्कलन गरिएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरका डा. समिता अधिकारी लगायत ३ जना डाक्टरहरु तथा २२ स्वास्थ्यकर्मीको टोलीले सर्वेक्षण गरेका हुन् । म्याग्दे गाउँपालिका ४ छाङ्गमा पहिलो पटक अत्याधुनिक एक्सरे मेसिनको प्रयोगबाट सर्वेक्षण गरिएको प्रदेश नं.४ का संयोजक गोविन्दराम मरासिनीले जानकारी दिनु भयो  । मरासिनीले देशभरको ५५ जिल्लामा हुने प्रिभ्यालेन्स सर्वेक्षणमा ९९ कलस्टर अन्तर्गत साविक छाङ्ग गाविस ३ मा सर्वेक्षण गरिएको जानकारी दिनु भयो । मरासिनीका अनुससार सर्वेक्षणका लागि १५ वर्ष भन्दा माथिका सेवाग्राहीहरुको स्वास्थ्य परीक्षण गरी क्षयरोग पत्ता लगाईने भएको छ  । क्षयरोग पत्ता लगाउने र त्यसको न्यूनीकरण र नियन्त्रणका लागि सेवाग्राहीलाई प्रोत्साहित गर्ने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार स्क्रिनिङ्ग क्याम्प गरेर क्षयरोगको स्याम्पलका लागि खकार सङ्कलन गरिएको छ । थर्पुमा गरिएको पहिलो सर्वेक्षणबाट विभिन्न व्यक्तिहरुमा भएको क्षयरोग पत्ता लगाइने र उनीहरुलाई उपचारको दायरामा  ४ करोड रुपैयाँमा बृहत् एक्सरे मेसिनबाट पहिलो पटक तनहुँमा बृहत् सर्वेक्षण गरिएको हो । सर्वेक्षणका लागि विभिन्न बैठक बसी सामाजिक परिचालक र स्वास्थ्य स्वयम् सेवक खटाएर क्षयरोग सम्बन्धी बिरामीको जनगणना समेत गरिएको छ । सङ्कलन गरिएको खकार २४ घण्टाभित्र राष्ट्रिय क्षयरोग केन्द्र कालीमाटी भक्तपुर पठाइ सकिएको केन्द्रले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाम ३२८ जना क्षयरोगका बिरामी रहेका छन् । कार्यालयको तथ्याङ्कमा सिधै सम्पर्कमा आउने क्षयरोगका बिरामी कम देखिएपनि केही व्यक्तिहरु स्वास्थ्यको पहुँचमा आउन नचाहेको र  त्यस्ता लुकेका क्षयरोग यो सर्वेक्षणले उनीहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउन टेवा पुग्ने जनस्वास्थ्य निरीक्षक ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनु भयो   । ३ दिनसम्म गरिएको यस सर्वेक्षणबाट क्षयरोगको स्याम्पलका लागि सङ्कलन गरिएको खकारको रिपोर्ट १ महिनापछि आउने भट्टराई बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker