भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आदिकविकै जन्मस्थल तनहुँको चुँदीरम्घामा

राष्ट्रिय विभुति आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आदिकविकै जन्मस्थल तनहुँको चुँदीरम्घामा तीन दिन सम्म धुमधामसँग मनाउने निर्णय भएको छ । भानु जयन्ती मनाउन मुल समारोह समिति गठन गरीएको छ । असार २७ गते देखि आदिकविको जन्मदिन असार २९ गतेसम्म गरी तीन दिन सम्म कार्यक्रम गरिने मुल समारोह समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले दिनु भएको जानकारी  अनुसार पहिलो दिन असार २७ गते स्थानिय मठ मन्दिरमा पूजा अर्चना र साँझ दिपावली र प्रतियोगिता राखिएको छ । दोस्रो दिन भानुभक्तिय रचना पाठ प्रतियोगिता र खुला कविता प्रतियोगिता गरिने भएको छ । अन्तिम दिन चुँदीरम्घा वेशीमा रहेको भानु जन्मस्थल विकास समितिको कार्यालय परिसरबाट प्रभातफेरी कार्यक्रम सुरु गरी चुँदीरम्घा स्थित भानु प्रतिमामा पूजा अर्चना , पञ्चकन्याबाट रामायण बाचन , जयघोष कार्यक्रम राखिएको छ । अन्तिम दिन भानुको श्रद्धाञ्जली सभा , कवि गोष्ठी , झाँकी पर्दशन , भानुभक्तिय रचनामा आधारित अन्ताक्षरी कार्यक्रम र भजन पर्दशन लगायतको कार्यक्रम गरिने निर्णय भएको समितिले जनाएको छ । समितिका अनुसार कार्यक्रमको प्रमुख अतिथिमा प्रतिनिधी सभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानलाई आमन्त्रण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker