गोरखाका कृषक पन्त बने नेपालकै सर्वोत्कृष्ट कृषक

कृषि क्षेत्रमा योगदान पुर्याएबापत नेपाल सरकारबाट प्रदान गरिने सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार यस पटक गोरखाका राजेन्द्रराज पन्तलाई प्रदान गरिएको छ । आज काठमाण्डौको कृषि विभाग को भवन हरिहर भवनमा भएको एक कार्यक्रमका बीच पन्तलाई सम्मान गरिएको हो । आ.व. २०७४ ०७५ को सर्वोत्कृष्ट कृषकका रुपमा उहाँलाई व्यवसायिक कृषि विकासमा उत्कृष्ट एवं प्रशंसनीय कार्य गरेकोमा नगद रु.२ लाख र सम्मान पत्र प्रदान गरिएको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले उहाँलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा अन्य ४ जनालाई नगद रु. १ लाख सहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरुमा चितवनका योगेन्द्र कुमार खडका (बाख्रापालक किसान), नेपालगञ्जका लालबाबु सुनार (च्याउखेती कृषक), धनुषाका बउयेलाल मुखिया (माछापालक किसान) कैलालीका राम बहादुर कुँवर (केराखेती किसान) रहेका छन । कार्यक्रममा बोल्दै मन्त्री खनालले पन्तको गाइफार्म मा आफू ३  पटकसम्म पुगेर अवलोकन गरेको र कृषकका समस्याका बारेमा आफूलाई जानकारी रहेको बताउनुभयो ।
सर्वोत्कृष्ट बन्न सफल गाइपालक किसान पन्तको गोरखा पालुङ्टार ७ च्याङलीमा कामधेनु गाई फार्म छ । जसमा हाल ३२५ गाइ रहेका छन् । जसमध्ये १६० गाइबाट प्रतिदिन ११०० देखि १२०० लिटर दुध उत्पादन हुन्छ । उहाँले बार्षिक १ करोडभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker