संघीय संसद्‍का काम सुस्त

काठमाडौं – संघीय संसद्‍का दुवै सभाको नियमावली पारित हुन महिनौं लाग्यो । कारण थियो, फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गरिनुहुन्न भन्ने प्रमुख प्रतिपक्षी कांग्रेस–राजपाको अडान र संसदीय समितिको संख्या घटाउनु हुन्न भन्ने सत्तापक्षको जिद्दी ।

धेरै रस्साकसीपछि दुवै पक्षले आ–आफ्ना अडानमा लचकता देखाए र नियमावली पारित भयो । आजको कान्तिपुरमा समाचार छ ।

यतिबेला संसदीय समितिको नेतृत्वमा कांग्रेसले समानुपातिक भाग खोजेपछि समिति गठन नै रोकिएको छ । नियमावली पारित भएपछि संसदीय समिति गठनको बाटो त खुल्यो तर कांग्रेसको अडानका कारण अगाडि बढ्न सकेको छैन ।

सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समिति गठनका लागि सदस्यको नाम प्रस्ताव गर्न पटक–पटक दलहरूलाई आग्रह गरिसकेका छन् । तर, कांग्रेसले नाम दिन अस्वीकार गर्दा समिति गठन प्रक्रिया रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker