पुननिर्माणको काम छिटो र गुणस्तरीय हुनुपर्यो ः नगरप्रमुख

गोरखाको पालुङ्टार नगरपालिका मा भारत सरकारद्धारा सहयोग नेपाल आवास पुननिर्माण परियोजना गोरखाको आयोजनामा १ दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाका प्रमुख इ.दिपक बाबु कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा परियोजनाले हालसम्म जिल्ला तथा सो नगरपालिकामा गरिरहेका गतिविधी तथा प्रगतिका बारेमा सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया तथा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख कंडेलले पुननिर्माणको काम छिटो छरितो र गुणस्तरीय रुपमा सञ्चालन गर्न समेत सुझाव दिनुभएको थियो । वडाध्यक्षहरु, नेपाल पुननिर्माण प्राधिकरणका प्राविधिकहरु तथा भारत सरकारद्धारा सहयोग नेपाल आवास पुननिर्माण परियोजनाका कमचारीहरु र सरोकारवालाहरुको उपस्थितिमा भएको सो कार्यक्रममा क्लष्टर १ का कोअर्डिनेटर रघुनाथ रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लष्टर २ का को अर्डिनेटर मोहन गौतमले यस नगरपालिकाभित्र भइरहेका पुननिर्माणको प्रगति विवरण पेश गर्नुभएको थियो । कार्यक्रममा परियोजनाका जिल्ला कोअर्डिनेटर राम सापकोटाले परियोजनाले गरेका कार्यहरु प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार परियोजना सञ्चालित गोरखा र पालुङटार सहित २ नगरपालिका र ६ गाउँपालिकाका गरी कूल ४२ वडाहरुमा रहेका २६९१२ लाभग्राहीमध्ये १२१०२ ले हालसम्म पुननिर्माणको काम सम्पन्न गरिसकेका छन भने बांकीमध्ये ९९३९ को निर्माणाधिन अवस्थामा र ४८७१ ले हालसम्म पुन निर्माणको काम नै शुरु गरेका छैनन । त्यस्तै कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइका इन्जिनियर विकेन्द्र हाइकुले छलफलका क्रममा उठेका सवालहरुको जवाफ दिंदै कानुनी प्रक्रिया तथा समस्या समाधानका उपायहरुका बारेमा प्रष्ट पार्नुभएको थियो ।
परियोजनाले भूकम्पका लाभग्राहीहरुका लागी गोरखा र पालुङटार नगरपालिकामा निशुल्क नक्सा बनाउने र सामाजिक तथा प्राविधिक सहयोग प्रदान गरिरहेको छ भने गाउँपालिकाहरुका लाभग्राहीहरुका लागी सामाजिक तथा प्राविधिक सहयोग प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker