प्रदेश ७ को बजेट स्वीकृत

असार १६, २०७५

प्रदेश ७ को सरकारको आर्थिक वर्षका लागि प्रस्तुत बजेट स्वीकृत भएको छ । अस्थायी मुकाम धनगढीमा आज बसेको प्रदेशसभा बैठकले सरकारले ल्याएको २५ अर्ब ६ करोड ५६ लाखको बजेट स्वीकृत गरेको हो । प्रदेशसभा सदस्यहरुले बजेटमाथि उठाएका जिज्ञासा तथा मागहरुको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले जवाफ दिएपछि बजेट स्वीकृत भएको हो । त्यस अघि बजेट प्रति असन्टतुस्टि जनाउंदै प्रतिपक्षी दल कांग्रेसले तीन दिन सभा अवरुद्द गरेको थियो । त्यसअघि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट कार्यान्वयनका लागि विशेष संयन्त्र बनाएर अगाडि बढ्ने बताउनुभयो । विपक्षी दलले सरकारसंग भएको भद्र सहमति अनुसार बजेट स्वीकृत गर्न सघाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker