जिप दुर्घटनामा सवार सबैको मृत्यु

ओखलढुंगा — सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११, तिङलामा शुक्रबार भएको जिप दुर्घटनाको घाइते बालिका सात वर्षीया सुस्मा खड्काको समेत मृत्यु भएको छ । नेचा सल्यान-२ की सुस्मालाई उपचारका लागि फाप्लु अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्लेरीका प्रहरी निरीक्षक प्रवीण अधिकारीले बताए ।

नेचा सल्यानबाट पत्ताले बजारतर्फ आउँदै गरेको को १ ज १८६० नम्बरको बोलेरो जिप तिङ्लाको महादेव भीरबाट ५ सय मिटर तल खसेको थियो । मृत्यु हुने अन्यमा उदयपुर सिरिसेका जिप चालक २१ वर्षीय कुशाङ तामाङ, सिरहा संहिठाका ३६ वर्षीय शिवकुमार यादव, खोटाङ खाल्टेका २४ वर्षीया कोपिला बस्नेत कार्की, नेचासल्यान-२ सोलुखुम्बुका ३५ वर्षीया उर्मिला कट्टेल बास्तोला, २५ वर्षीया सुशीला खड्का र ओखलढुंगा माम्खाका वर्ष ४२ का गाडी धनी श्यामकुमार राई छन् ।
जिप पल्टिनुको कारण खुल्न सकेको छैन । जिपमा सवार सबैको मृत्यु भएकोले पनि दुर्घटनाको कारण पत्ता लगाउन गाह्रो भएको प्रहरीले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker