‘विश्वकपमा दैनिक १ अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने

१६ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । शनिबार भएकाले पत्रिकाहरुमा गहन एवं खोजमुलक सामग्री बढी छन् ।

नयाँ पत्रिका दैनिकले नेपालमा दैनिक अर्बको सट्टेबाजी हुने गरेको सामग्री छापेको छ । ‘विश्वकपमा सहभागी टिम र खेलाडीलाई समर्थन गरेर कतिपयले मनोरञ्जन लिए पनि यी खेलमाथि दैनिक १ अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने गरेको छ’, नयाँ पत्रिकाले लेखेको छ ।

 

सीमापारि हुने तस्करीलाई कान्तिपुरले उठाएको छ । तस्करले बझाङको उरै भञ्ज्याङ नाका भएर बर्सेनि ठूलो परिमाणमा बहुमूल्य जडीबुटी र आखेटोपहार तिब्बत पु¥याउने गरेको समाचारमा उल्लेख छ ।

नागरिकले धान निर्यातबारे मुख्य समाचार छापेको छ भने अन्नपूर्णले भाइरलको जोखिम बढेको लेखेको छ ।

खासगरी सोलुखुम्बुमा ७ जनाको ज्यान जानेगरी भएको जीप दुर्घटना, शुक्रबार देशभर मनाइएको धान दिवस, संसदमा उठेका प्रश्नमाथि प्रधानमन्त्रीले दिएको जवाफलार्इ पनि  आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ कभरेज गरेका छन् ।

मन्त्रीले बाँडे अन्धाधुन्ध पैसा

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न सस्ंस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् ।

आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रबद्र्धन कार्यक्रमअन्तर्गत पुँजीगत अनुदानका नाममा अन्धाधुन्ध रकम वितरण गरेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

विभिन्न दलका नेता, साहित्यका र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम बाँडिएको हो । रकम पाउने संस्था र प्रतिष्ठानमा अधिकांश नेपाल कम्युनिस्ट पार्टीका नेता र निकट कलाकार, साहित्यकारका नाममा खुलेका संस्था र प्रतिष्ठान छन् । त्यसमा पनि मन्त्रीको गृहजिल्ला कास्कीका बढी छन् ।

केही अपवादबाहेक रकम पाउने अधिकांश संस्था र प्रतिष्ठान निष्क्रिय र झोले प्रकृतिका छन् ।

रेल चढ्न सांसदलाई निम्ता

प्रधानमन्त्री केपी ओलीले नेपालको आफ्नै रेल आउने कुरामा शंका नगर्न आग्रह गर्दै सांसदलाई रेल चढ्न निम्ता दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले रेल चढ्न निम्ता दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले आफ्नै रेल हुने कुरामा शंका रहेको भन्दै अरुको रेललाई आफ्नो भन्ने कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न उठाएका थिए । रिजालको प्रश्नको जवाफमा ओलीले आफ्नै रेल हुने कुरामा शंका नगर्न आग्रह गरे ।

साँझ ५ बजेटबाट धन्दा शुरु, बिहान ८ बजे हिसाब क्लियर

रसिया विश्वकपका खेलअनुसार नेपालमा दैनिक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगञ्ज, विराटनगर जस्ता सहरमा करोडौंको बाजी लाग्ने गरेको हो ।

काठमाडौंमा त टोलटोलमा सट्टेवाजको जालो पुगेको प्रहरी बताउँछन् । प्रहरीका अनुसार सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ र रातभर चल्छ । बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ । अनि मोबाइल स्वीचअफ गरेर दिनभर सुत्छन् । खेल ५ बजेबाट शुरु हुने भएकाले सट्टेबाजको सक्रियता पनि त्यही बेलादेखि शुरु हुन्छ ।

सट्टेबाजीका लागि उनीहरुले विशेषगरी भाइबर र फेसबुक प्रयोग गर्छन् । प्रहरीबाट समातिने डरले हिसाबकिताब क्लियर भएलगत्तै भाइबर र फेसबुकमार्फत लगाइएको बाजी डिलिट गर्ने नयाँ पत्रिका दैनिकमा खबर छ ।

राष्ट्रिय परिचयपत्र वितरण साउनमा

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ । स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न लागेको गोरखापत्र दैनिकमा खबर छ ।

मन्त्रिपरिषदको ०६७ असार १६ गतेको निर्णयाअनुसार छुट्टै निकायका रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker