निशुल्क पशु स्वास्थ्य शिविर हुने ।

 

पालुङटार ७ र ८ का सेवाग्राहीहरुलाई सहज हुने गरी पालुङ्टार नगरपालिकाको नगर पशु सेवा कार्यालयले १५ गते विहीबारका दिन निशुल्क पशु स्वास्थ्य शिविर गर्ने भएको छ । पालुङटार वडा नं. ७ र ८ को लागी पायक पर्ने स्थान वडा नं. ७ को फुस्रेटार चौरमा विहीबार विहान १० बजेदेखि शिविर सञ्चालन गरिने नगर पशु सेवा कार्यालय पालुङ्टारका प्रमुख गोविन्द श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शिविरमा ल्याइएका सवै पशुहरुको स्वास्थ्य परिक्षण गरी औषधी समेत वितरण गरिनेछ । टाढा भएका र पशुहरु लिएर आउन नसक्नेहरुका लागी समेत लक्षणहरुको आधारमा औषधी वितरण गरिने समेत श्रेष्ठले बताउनुभयो ।

यसरी बेला बखतमा गरिने पशु स्वास्थ्य शिविरले किसानहरुका लागी पशु स्वास्थ्य सेवाका साथै आवश्यक परामर्श प्रदान गरिने यस्ता खालका शिविरहरुले फाइदा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker