पालुङ्टार ७ मा ७ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न ।

 

पालुङ्टार नगरपालिका  वडा नं. ७ च्याङ्लीमा ७ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न् भएका छ । पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालयमा सामुदायिक वातावरणीय विकास नेपालकी अध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बोल्दै पालुङटार नगरपालिकाका प्रमुख इन्जिनियर दिपक बाबु कंडेलले किसानहरुको समस्या समाधान गर्न आफू कहिल्यै पछि नहटने बताउनुभयो । सोही क्रममा उहाँले तालिममा सहभागीहरुलाई व्यवसायिक वन्न समेत सुझाव दिनुभएको थियो । सोही अवसरमा बोल्दै विशेष अतिथि पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो । असार ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको सो तालिममा वडा भित्रका २४ जनाको सहभागिता रहेको थियो । जसमध्ये थोरैले मात्र हालसम्म व्यवसायिक बाख्रापालन गरेको भएतापनि आगामी दिनमा सवैले व्यवसायिक बाख्रापालनतर्फ लाग्ने प्रतिवद्धता गरेका थिए । समापन कार्यक्रमका अतिथिहरुलाई बाख्रापालक किसान रमेश अधिकारीको स्वागत मन्तव्यबाट शुरु गरिएको समापन कार्यक्रममा सहभागीका तर्फबाट ओमप्रकाश गुरुङ र सुनिता श्रेष्ठले अनुभूति मन्तव्य राखेका थिए । त्यस्तै अन्य मन्तव्य राख्नेहरुमा पालुङ्टार नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा वि.क., वडा नं. ७ की वडा सदस्य भगवती कुमाल, पालुङटार पशु स्वास्थ्य विभागका गोविन्द श्रेष्ठ र युवराज न्यौपाने, लुम्बिनी जनरल इन्योरेन्स लिमिटेडका अभिकर्ता शंकर कुँवर लगायतका रहेका थिए। कार्यक्रममा गोविन्द श्रेष्ठ, सुनिता रम्तेल र युवराज न्यौपानेले सहजीकरण गरेका थिए । वडा नं. ७ मा व्यवसायिक रुपमा दर्ता गरेर ठूलो परिणाममा बाख्रापालन गर्ने किसानका रुपमा चिनिएका रमेश अधिकारीले यस तालिमबाट आफूले धेरै कुरा सिकेको र आगामी दिनमा सफलतातर्फ पुग्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker