आँबुखैरेनी–१,बरादी पूलमा सवारी दुर्घटना, ३ जनाको अवस्था गम्भिर

आँबुखैरेनी, १२, असार । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१,बरादी पूलमा आज दिउँसो सवारी दुर्घटना ग्रस्त हुँदा ७ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर र ४ जनाको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक सन्तोष रोक्काले जानकारी दिनुभएको छ । आँबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ग १ ख ३१७३ नम्बरको बस, बिपरित दिशाबाट आउदै गरेको बा १७ च १८१४ नम्बरको भ्यान र सोही दिशाबाट आउदै गरेको ग ५ प १९४४ नम्बरको मोटरसाईकल दिउँसो साढे २ बजेको समयमा एक आपसमा ठक्कर खादा भ्यान र मोटरसाईकल सवार ७ जना घाईते भएका छन् । दुर्घटनामा परि घाईते हुनेहरुमा कुस्मा नगरपालिका–९ की ३० वर्षिय पार्वती लामिछाने, सोही स्थानकी ३ वर्षीय ममता लामिछाने, सोही स्थानकै २५ वर्षिय कमल लामिछाने, कुस्मा नगरपालिकाका २४ वर्षिय गुरुदत्त तिवारी, आँबुखैरेनी गाउँपालिका–४ का २६ वर्षिय दिल बहादुर मगर, भरतपुर महानगरपालिका–६ का २० वर्षिय सरु पाठक र नाम –ठेगाना खुल्न नसकेका ३०–३५ वर्षीय एक जना रहेका छन् । कुस्मा नगरपालिका–९ का २५ वर्षिय कमल लामिछाने, आँबुखैरेनी गाउँपालिका–४ का २६ वर्षिय दिल बहादुर मगर र नाम –ठेगाना खुल्न नसकेका ३०–३५ वर्षीय व्याक्तिको अवस्था चिन्ताजनक रहेको र अन्य घाईतेहरुको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । घाईते ४ जनाको गण्डकी अस्पताल र २ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

(तस्वीर – प्रेम तामाङ्ग)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker