गोरखाको पालुङ्टारमा बस दुर्घटना, १० घाइते

 

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित बिरुवाटार नजीकैको जौदीखोला नजीक यात्रुवाहक बस दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । तनहुँको डुम्रेबजारबाट पालुङ्टार नगरपालिकाको पौवाटार तर्फ जाने क्रममा आज करीब ४ बजेर ४५ मिनेटमा सडकबाट पल्टिएर ग १ ख ४१४७ नं. को वस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेहरुमा पालुङटार नगरपालिका वडा नं. ७ का विष्णुप्रसाद चापागाईं, रश्मी सुवेदी, कालीबहादुर कुमाल, रुपा गुरुङ, सुकु राना, मिना थापा, सुमित्रा थापा, ज्ञान बहादुर थापा, बाबुलाल वि.क, सविता प्रजापति रहेका छन भने घाइतेलाई डुम्रेस्थित मोती मेडिकलमा उपचार गराइएको छ । घाइतेहरु सवै खतरामुक्त रहेका छन् ।

चालक रामकुमार श्रेष्ठका अनुसार वस सडक किनारातर्फ लागेपछि आफूले नियन्त्रणमा लिन कोसिस गर्दागर्दै स्टेरिङ नमोडिएर पल्टिएको बताएका छन । चालकका अनुसार बसमा २० जना यात्रुहरु सवार थिए । चालक श्रेष्ठलाई इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले नियन्त्रणमा लिएको छ । साँघुरो सडक, पुराना साधनहरु, चालकको असावधानी जस्ता कारणहरु नै दुर्घटनाका प्रमुख कारकका रुपमा देखा पर्दछन । गोरखाका अधिकाँश ग्रामीण कच्ची सडकहरुमा पुराना सवरी साधनहरु गुडाउने गरिएको छ भने धेरै सडकहरु अत्यन्त साँघुरा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker