जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा

काठमाडौँ ।तत्कालीन जिल्ला शिक्षा कार्यालय काठमाडौं लगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयको ५५औं वार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलव भत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार रुपियाँ बढी निकासा गरेको पाइएको छ ।

काठमाडौं, बारा समेत ३१ जिल्ला शिक्षा कार्यालयले सेवानिवृत्त र बिदा बसेका शिक्षकका लागि तलव भत्ताबापत १ करोड ८६ लाख ८५ हजार निकासा दिएको देखिएको छ ।

पर्सा र बैतडीलगायत ८ जिल्ला शिक्षा कार्यालयले निःशुल्क पाठ्यपुस्तकतर्फ जनक शिक्षा सामग्री केन्द्रको दर तथा भर्ना विद्यार्थी संख्याभन्दा ६८ लाख ५८ हजार बढी निकासा दिएका छन् ।

कार्यक्रम कार्यान्वयन पुस्तिकामा कक्षा ११ र १२ मा अध्ययनरत ती जिल्ला शिक्षा कार्यालयले पाठ्यपुस्तक, सेवा निवृत भएका शिक्षकलाई बढी निकासा दिएका छन् ।

जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले लक्षित समूहका विद्यार्थीका लागि पाठ्यपुस्तक व्यवस्थापन गर्न प्रतिविद्यालय ५० हजारका दरले निकासा दिनुपर्नेमा ५ माध्यमिक विद्यालयलाई ११ लाख बढी निकासा दिएको भेटिएको छ ।

शिक्षा विभागबाट निकासा भएको रकम हचुवामा बाँडेर आर्थिक अनियमितता गरेको देखिन्छ ।

नेपाल समाचारपत्रमा खबर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker