पालुङ्टार नगरपालिकाको दोश्रो नगर सभा सम्पन्न, ७ वटा ऐन पारित ।

पालुङ्टार नगरपालिकाको दोश्रो नगर सभा असार ५ गते नगरपालिकाको कार्यालयमा नगर प्रमुख दिपक बाबु कंडेलको अध्यक्षतामा सम्पन्न गरी ७ वटा ऐनहरु पारित गरेको छ । स्थानीय निर्वाचनको एक वर्ष पूरा भैसकेको अवस्थामा ऐन हरु पास हुँदा अब नगरपालिकाभित्र सुसासन कायम गर्न सहज हुने नगर प्रमुख कंडेलले बताउनुभयो । सभाबाट पारित भएका ऐनहरुमा शिक्षा ऐन, स्वास्थ्य तथा सरसफाइ ऐन, प्रशासकीय कार्यविधी ऐन, न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधीका सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, आर्थिक कार्यविधी व्यवस्थित गर्न बनेको ऐन, नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, बजार अनुगनमन निर्देशिका ऐन रहेका छन ।
सिंहदरवारको अधिकार गाउँगाउँ मा भन्ने मूल मर्मका साथ कार्यान्वयनमा आएको संघीयता संगै देशभरका ७५३ स्थानीय निकायहरुले केन्द्रसंग नबाझिने गरी स्थानीय ऐन कानुन बनाउन पाउने प्रावधान संगै सवैले आ आफ्नो अनुकूल अनुरुपको ऐन तथा कानुनहरु निर्माण गरिरहेका छन । नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र देव भारतीका अनुसार १५ दिनभित्र परिपक्व हुने र त्यसपछि कार्यान्वयन हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker