हिस्टानले बुझायो देशैभरका शिक्षा विकास तथा समन्वय इकाइमा ध्यानाकर्षण पत्र ।

केही समयअघिमात्र आएको वजेट भाषणमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षहरुको विषयमा केही कुरा नआएपछि आन्दोलित भएका शिक्षकहरुले जेठ २७ गते देशैभरका स्थानीय निकायहरुमा ध्यानाकर्षण पत्र बुझाएका छन । पेशागत सुरक्षा र दरवन्दीको कुनै व्यवस्था नहुँदा साविक उच्च मा.वि. मा कार्यरत शिक्षकहरु विगत लामो समयदेखि अन्योलग्रस्त रुपमा अध्यापनरत छन । असार ३ गते देशब्यापी रुपमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हरुलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रमअन्तर्गत गोरखामा पनि हिस्टानका केन्द्रिय सदस्य रविन्द्र कंडेलको नेतृत्वमा इकाई प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । बुझाइएको ध्यानाकर्षण पत्रमा राष्ट्रिय देखि स्थानीय तहसम्मले गर्न सक्ने मागहरु प्रस्तुत गरिएको छ । बजेट भाषणका क्रममा कुनै पनि कुरा नखुलाइएको भए पनि आगामी दिनमा संघीय ऐन निर्र्माणका क्रममा यथोचित ढंगबाट व्यवस्थापन गर्न स्थानीय देखी संघ र प्रदेश सम्म लविङ गर्नको लागी ध्यानाकर्षण पत्र बुझाएको माध्यमिक शिक्षक एसोसियसन (हिस्टान) का केन्द्रिय सदस्य रविन्द्र कंडेलले बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझाउने क्रममा हिस्टानका केन्द्रिय सदस्य सहित पालुङटार इकाइका उपाध्यक्ष रमेश खडका लगायतकाको टोलीले इकाइ प्रमुख लाई उहाँकै कार्यकक्षमा भेट गरी ध्यानाकर्षण पत्र बुझाइएको हो ।
हाल देशभर अनुदान र राहत कोटामा रही ६००० भन्दा बढी शिक्षकहरुले कक्षा ११ र १२ मा अध्यापन गरिरहेका छन । सरकारले माध्यमिक शिक्षा निशु्ल्क भन्ने नारासहित अघि बढिरहँदा माध्यमिक तहको कक्षा ११ र १२ पढाउने शिक्षकहरुका बारेमा भने अहिलेसम्म कुनै ठोस निती बनाउन सकेको छैन । अहिले प्रचारात्मक र शान्तिपूर्ण आन्दोलनबाट निकट भविष्यमा बन्ने संघीय कानुनमा ती शिक्षकहरुको समस्या समाधान हुने गरी सम्बोधन गराउन पहल गर्ने र त्यसो हुन नसकेमा शसक्त आन्दोलनमा लाग्नसमेत आफूहरु बाध्य हुने हिस्टानका केन्द्रिय अध्यक्ष पुष्पप्रसाद न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker