किन फुल्छ त कलिलो उमेर मै कपाल ? 

कलिलो उमेर मै कपाल फुलेर धेरैलाई हैरान बनाएको हुनसक्छ ।

सानो मै कपाल फुल्दा बुढो भइछस् भन्दै जिस्काउने प्रचलन पनि छ हाम्रो समाजमा । जसका कारण कपाल फुल्दा आत्मग्लानी समेत हुने गरेको छ । जब कपाल फुल्छ, अनि कतिपयले कपालमा रातो तथा कालो मेहेन्दी लगाउने गर्छन ।

किन फुल्छ त कपाल ? 

धेरैले भन्ने गर्छन् म अन्य स्थानमा जाँदा पानी परिर्वतन भएर, हावापानी परिवर्तन भयो भन्ने गर्छन्, यो सबै भ्रम मात्र हो ।  टाउकोमा हेयर फोलिकल रहेको हुन्छ साथै मेलानोसाइट सेले हुन्छ । छालामा पनि मेलानोसाइट रहेको हुन्छ । यसको मुख्य काम भनेको छाला तथा कपालमा रङ दिने हो ।

यो यु मेलानिल र फियो मेलानिल गरी दुई प्रकारको हुन्छ ।

यु मेलानिलले कपाललाई कालो बनाउछ भने फियो मेलानिलले खैरो वा रातो बनाउँछ ।

मेलानोसाइटमा ह्रास भएमा वा राम्रो सँग उत्पादन भएन भने कपाल सेतो हुने हुन्छ ।

कपाल फुल्ने प्रमुख कारण वंशाणुगत नै हो । बुबा आमाको कम उमेरमा नै कपाल फुलेको थियो भने पनि कम उमेरमै कपाल फुल्ने हुन्छ ।

यस बाहेक रक्तअल्पता, थाइराइड, भिटामीनको कमी, जिङ्कको कमी, विभिन्न औषधि सेवन, एन्टी क्यान्सर औषधि, ब्लड क्यान्सर जस्ता समस्या कारण पनि कपाल फुल्ने गर्छ । बालबालिकालाई चाहिने पौष्टिक आहारको कमी भए कुषोषण हुनुको साथै कपाललाई आवश्यक पर्ने पौष्टिक तत्वको पनि कमी हुन जान्छ ।

जसका कारण उमेर भन्दा पहिला नै कपाल फुल्ने सम्भावना रहन्छ ।

यदि टाउकोमा दुबी भएमा पनि त्यस स्थानमा कपाल फुल्ने सम्भावना हुन्छ ।

यि बाहेक कहिलेकाहीँ हर्मोनको परिर्वनका कारण यस्तो समस्या उत्पन्न हुन सक्छ ।

कपाल के कारणले फुलेको यसका लागि सर्वप्रथम उसको पारिवारिक इतिहास हेर्नु पर्छ ।

किन भने कपाल फुल्ने प्रमुख समस्या नै वंशाणुगत भएको हँुदा परिवारका अन्य सदस्यमा समस्या छ वा छैन यसको जानकारी लिनु जरुरी हुन्छ । यसबाहेक अन्य जाचँका लागि उसको उमेर अनुसार तौल र उचाई कस्तो रहेको छ त्यस अनुसार पौष्टिक आहारका कारण उसको तौलमा कमि भएको हुन सक्छ ।

पौष्टिक आहारको साथै सन्तुलित भोजनको पनि उत्तिकै आवश्यक पर्छ ।

साथै खानामा सँधै हरियो सागपातको प्रयोग गर्नु पर्छ ।

यसबाहेक क्याल्सीयम प्यान्टोथिनेट अर्थात भिटामीन बी फाइभको सेवन गर्नु पर्छ ।

के कारणले कपाल फुल्ने समस्या देखिएको हो त्यसको निक्र्याेल गरी सो अनुसार उपचार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker