
अन्ध विश्वास छुवाछुतको, अझै ठूलो झाडी छ।
दुख लाग्छ मेरो समाज, अझै कति पछाडी छ।
दलित नेतृ मर्नु पर्छ, धारो छोएको निहुमा
कहिले होला समानता, अझै ठूलो खाडी छ।
बन्दुकको नालवाट, जन्मिएको सरकार छ
कठै मेरो कम्युनिष्ट सरकार, झनै गफाडी छ।
बने पनि मेरो देशमा, जनताको संविधान
अझै पनि देशमा उनकै, कानुन अगाडी छ।
सर्वहारा नेताहरू सिंह, दरवार पसेपनि
सकिएको छैन उस्तै, चापुल्सी र चाकाडी छ।
by Kumar Rana