अन्तिम समयको गोलले उरुग्वे विजयी, इजिप्ट निराश

१ असार, काठमाडौं । विश्वकप फुटवलको समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराएको छ । दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए ।

मोहम्मद सलाहबिना मैदान उत्रिएको इजिप्टले सम्झनलायक खेल खेल्यो । अन्तिम समयसम्म उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो ।

दोस्रो हाफमा उरुग्वेले गरेको केही उत्कृष्ट प्रहारहरु गोलमा परिणत हुन सकेन । स्टार खेलाडीहरु काभानी र स्वारेजले पहिलो हाफमा कमजोर खेल खेले पनि दोस्रो हाफ राम्रो रहृयो ।

इजिप्टले पाएका केही अवसर सदुपयोग गर्न सकेन । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्टले उरुग्वेसँग प्रतिस्पर्धात्मक खेल खेल्यो ।

च्याम्पियन्स लिगको फाइनलमा घाइते भएर मैदान छाडेका सलाह अहिले फिट रहेको र पहिलो खेलमै मैदान प्रवेश गर्ने सम्भावना बलियो रहेको प्रशिक्षक हेक्टर कुपरले बताए पनि उनलाई खेलाइएन ।

उरुग्वेले गरेका १५ प्रहारमा ४ प्रहार मात्र इजिप्टको पोस्टमा गयो । इजिप्टले गरेका ८ प्रहार मध्ये ३ मात्र पोस्टको दिशामा थियो । खेलमा उरुग्वेले पाँच कर्नर पाउँदा इजिप्टले एउटै कर्नरको अवसर पाएन ।

from online khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker