सिलाई कटाई तालिमको लागि रु ६ लाख बजेट

डुम्रे , जेठ ३० गते । गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ ले सो वडाको तीन ठाउँमा महिलालाई सिलाई कटाई तालिम दिएको छ । महिलालाई स्वरोजगार बनाई आयमा वृद्धि गर्न महिला लक्षित कार्यक्रम अन्तर्गत तालिम दिईएको सो वडाले जनाएको छ ।
तालिमको लागि वडाले ६ लाख रुपैयाँ विनियोजन गरेको र तालिम गाईखुर, पौवाटार र पूर्थोकवेशीमा सञ्चालन गरेको तालिमा ४५ जनाले सहभागी जनाएका थिए । सिलाई कटाईको माग बढी भएको तीन महिने सो आधारभूत तालिम पश्चात महिलाहरुलाई आत्म निर्भर बन्न मद्धत पुग्ने विश्वास वडा कार्यालयको छ । तालिमको पालुङटार नगरपालिका प्रमुख इन्जिनियर दीपकबाबु कँडेलले बुधबार समापन गर्नु भयो । सो अवसरमा नगर प्रमुख कँडेले तालिममा सहभागी हुनु उपलब्धी नभई सिकेको सिपलाई व्यवहारमा उर्तानु जरुरी रहेको बताउनु भयो । साथै नगर प्रमुख कँडेलले महिलाको लागि आएको बजेट सम्बन्धित क्षेत्रमा नै खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा सो वडाका वडाध्यक्ष गोविन्द बराकोटीले सिलाई कटाई क्षेत्रमा रोजगारको अवसर बढी भएकोले प्राथमिकता दिई तालिम सञ्चालन गरेको बताउनु भयो । साथै वडाध्यक्ष बराकोटीले महिलाको नेतृत्व गर्ने विकास तथा आय आर्जनको लागि प्राथमिकता दिएर वजेट विनियोजन गर्ने बताउनु भयो । कार्यक्रम संयोजक दानीमाया थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु कमला विक , बुद्धिमान तामाङ, उमा श्रेष्ठ , भगवान मल्ल तथा वडा सचिव धनेन्द्र श्रेष्ठ लगायतले यस्ता प्रकारका तालिमले महिलाको आय आर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker