पालुङटार ७ मा महिलाहरुका लागी नेतृत्व विकास तालिम सम्पन्न ।

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ मा महिलाहरुका लागी नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा महिला विकास कार्यालय गोरखाकी नानु वि.क. ले तालिम प्रदान गर्नुभएको थियो । हरेक समूहबाट उपस्थिती हुने गरी ५० जना महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नगरपालिका वडा नं.७ का महिला सदस्य भगवती कुमाल, पालुङटार नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा वि.क.लगायतकाले मन्तव्य राखेका थिए । समाजमा महिलाहरुको भूमिकालाई अग्र भागमा ल्याउन तालिमले महत्वपूर्ण योगदान रहने विश्वास रहेको छ । कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले महिलाहरु हरेक कार्यक्रममा अघि बढनुपर्ने र आफ्नो क्षमता बृद्धिमा अघि बढनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker