जनकल्याणले बाड्यो छात्रबृत्ति रकम

पालुङटार नगरपालिका वडा नं. ८ मा रहेको जनकल्याण प्राथमिक विद्यालयले जेठ २७ गतेका दिन विद्यालयमा छात्रबृत्ति रकम वितरण गरेको छ । साविकको जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको दलित छात्रबृत्ति १४ जनालाई, छात्रा छात्रबृत्ति ११ जनालाई, सिमान्तकृत छात्रबृत्ति ६ जना बरामलाई गरी कूल ३१ जनालाई जनही १३०० रुपैयाँँका दरले वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भोज बहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार छात्रबृत्ति पाउनबाट बञ्चित भएका बाँकी ४ जनालाई समेत विद्यालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी छात्रबृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ३ सम्म सञ्चालन भएको सो विद्यालयमा कूल ३५ जना विद्यार्थीहरु अध्ययनरत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker