कक्षा ११ र १२ पढाउने शिक्षकहरुले बुझाए स्थानीय निकायमा ध्यानाकर्षण पत्र

केही समयअघिमात्र आएको वजेट भाषणमा कक्षा ११ र १२ मा अध्यापनरत शिक्षहरुको विषयमा केही कुरा नआएपछि आन्दोलित भएका शिक्षकहरुले जेठ २७ गते देशैभरका स्थानीय निकायहरुमा ध्यानाकर्षण पत्र बुझाएका छन । पेशागत सुरक्षा र दरवन्दीको कुनै व्यवस्था नहुँदा साविक उच्च मा.वि. मा कार्यरत शिक्षकहरु विगत लामो समयदेखि अन्योलग्रस्त रुपमा अध्यापनरत छन । आज बुझाइएको ध्यानाकर्षण पत्रमा राष्ट्रिय देखि स्थानीय तहसम्मले गर्न सक्ने मागहरु प्रस्तुत गरिएको छ । बजेट भाषणका क्रममा कुनै पनि कुरा नखुलाइएको भए पनि आगामी दिनमा संघीय ऐन निर्र्माणका क्रममा यथोचित ढंगबाट व्यवस्थापन गर्न स्थानीय देखी संघ र प्रदेश सम्म लविङ गर्नको लागी ध्यानाकर्षण पत्र बुझाएको माध्यमिक शिक्षक एसोसियसन (हिस्टान) का केन्द्रिय सदस्य रविन्द्र कंडेलले बताउनुभयो ।
यसै क्रममा गोरखाको पालुङ्टार नगरपालिकामा पनि नगर प्रमुख दिपकबाबु कंडेललाई हिस्टानका केन्द्रिय सदस्य रविन्द्र कंडेल सहित पालुङटार इकाइका अध्यक्ष सुदिप खनाल, उपाध्यक्ष रमेश खडका, सचिव रमेश मुडबरी सहितको टोेलीले नगर प्रमुखको कार्यकक्षमा भेट गरी ध्यानाकर्षण पत्र बुझाइएको हो । पत्रमा स्थानीय तहले समाधान गर्न सक्ने मागहरुसमेत समेटिएको पालुङ्टार नगर अध्यक्ष खनालले बताउनुभयो । पत्र बुझ्ने क्रममा पालुङ्टार नगरपालिकाका नगर प्रमुख कंडेलले शिक्षाको विकास विना विकास र समृद्धि सम्भव नभएको भन्दै शिक्षाको विकास का लागी र कक्षा ११ र १२ पढाउने सम्पूर्ण शिक्षकहरुको लागी आफ्नो तहबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
स्थानीय शिक्षा अधिकारी चित्रराज देवकोटाले संघीय कानुन निर्माण हुनुअघि गरिएको कार्यक्रमले दवाव सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो ।
हाल देशभर अनुदान र राहत कोटामा रही ६००० भन्दा बढी शिक्षकहरुले कक्षा ११ र १२ मा अध्यापन गरिरहेका छन । सरकारले माध्यमिक शिक्षा निशु्ल्क भन्ने नारासहित अघि बढिरहँदा माध्यमिक तहको कक्षा ११ र १२ पढाउने शिक्षकहरुका बारेमा भने अहिलेसम्म कुनै ठोस निती बनाउन सकेको छैन । अहिले प्रचारात्मक र शान्तिपूर्ण आन्दोलनबाट निकट भविष्यमा बन्ने संघीय कानुनमा ती शिक्षकहरुको समस्या समाधान हुने गरी सम्बोधन गराउन पहल गर्ने र त्यसो हुन नसकेमा शसक्त आन्दोलनमा लाग्नसमेत आफूहरु बाध्य हुने हिस्टानका केन्द्रिय अध्यक्ष पुष्पप्रसाद न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker