
२७ जेठ
जिल्ला प्रहरी कार्यालय तनहुँले लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले म्याग्दे गाउँपालिका-४ थर्पु बस्ने २४ वर्षीय सविन रानामगरलाई पक्राउ गरेको हो ।
शंकास्पद रुपमा भेटिएका सबिनको साथबाट प्रहरीले लागु औषध र्डाईजेपाम ११ थान, फेनरागन ११ थान र नुफिन ११ थान गरी जम्मा ३३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी गराएका छन् ।
पक्राउ परेका सविनलाई प्रहरीले लागु औषध मुद्दामा तनहूँ जिल्ला अदातलमा उपस्थित गर्राई म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।