पालुङ्टार  नगरपालिकामा साविक उच्च मा.वि अध्यापनरत शिक्षकहरुको सम्मेलन , अध्यक्षमा खनाल

 

पालुङटार नगरपालिका भित्र रहेका सम्पूर्ण साविकको उच्च मा.वि (हाल कक्षा ११ र १२ ) मा अध्यापनरत सम्पूर्ण शिक्षकहरुको भेला सम्पन्न  भएको छ । २६ गते शनिबारका दिन भवानी मा.वि. ठाँटीपोखरीमा सम्पन्न प्रथम नगरसम्मेलन बाट सुदिप खनालको अध्यक्षतामा ९नगरस्तरीय माध्यमिक शिक्षक एसोसियसन (हिस्टान) को नगरसमिति गठन गरिएको  । सम्मेलनमा नगरप्रमुख दिपकबाबु कंडेल, वडा नं ९ का वडाध्यक्ष भेजराज पाण्डे हिस्टानका केन्द्रिय सदस्य रविन्द्र कंडेलले लगायतकाले  मन्तव्य राख्न्ुभएको थियो । भेलाले सुदिप खनालको अध्यक्षतामा ९ सदस्यीय  नगर कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षम रमेश खडका, महिला उपाध्यक्षमा कल्पना गिरि, सचिवमा सोम प्रसाद मुडवरी, सहसचिवमा कमनसिं तामाङ, कोषाध्यक्षमा राजुबाबु परियार,र सदस्यहरुमा भोजराज भण्डारी,दिवाकर मरहट्टा, विष्णुहरी देवकोटा रहेका छन । नवनिर्मित समितिले आज नगरप्रमुख लाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker