एसइइ मोडल हन्ट २०१८ को उपाधी आँबुखैरेनीकी दिया श्रेष्ठलाई ।।

 

राम धामी

आँबुखैरेनी, जेष्ठ २६ गते । एसइइ मोडल हन्ट २०१८ को उपाधी तनहुँ आँबुखैरेनीकी दिया श्रेष्ठले जितेकी छिन् । फेशन र मोडलिङलाई आफ्नो सोख र करियर बनाउन ईच्छुक र एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरिएको एसइइ मोडल हन्टको ग्राण्ड फिनालीमा आँबुखैरेनी गाउँपालिका–३, शान्ति टोल तनहुँकी १४ वर्षिय दिया श्रेष्ठले एसइइ मोडल हन्टको उपाधी जितेकी हुन् । डि.एम. ईन्टरटेन्टमेन्टको आयोजना तथा थ्रिडी नेपालको व्यवस्थापनमा काठमाण्डौं स्थित राष्ट्रिय नाँच घरमा शुक्रबार सम्पन्न गरिएको एसइइ मोडल हन्ट २०१८ को ग्राण्ड फिनालीमा विभिन्न चरण अन्तर्गत छनौंट चरण, तालिम, ट्यालेन्ट राउण्ड पार गरी ४९ जनालाई पछि पार्दै मस्र्याङ्गदी बाल ज्योती आवासिय माध्यमिक विद्यालय आँबुखैरेनीबाट एसइइ परिक्षा दिएर बसेकी श्रेष्ठले वेस्ट वाल्क अवार्ड र मोस्ट ब्यूटिफुल अवार्डको समेत विजेता बनेकी छिन् । एसइइ मोडल हन्टका बिजेता श्रेष्ठले कक्षा ११ र कक्षा १२ अध्ययनका लागि पूर्ण छात्रावृत्ति, बिभिन्न गिफ्टहरु र प्रमाणपत्र प्राप्त गरेकी छिन् । यस्तै, एसइइ मोडल हन्ट २०१८ को पहिलो संस्करणको विजेता बनेकी दिया श्रेष्ठले आफूलाई बिजेता तथा उत्कृष्ट गराउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker