पालुङ्टार ८ मा एम्बुलेन्स खरिद का लागी अर्थ संकलन जारी

 

पालुङटार वडा नं ८ धुवाँकोटमा एम्बुलेन्स सेवा नहुँदा विरामी पर्दा गाह्रो महसूस गरी वडाबासीहरुले एम्बुलेन्स खरीद गर्न कस्सिएका छन । वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलको अध्यक्षतामा अर्थ संकलन समिति निर्माण गरी अर्थ संकलन कार्य समेत अघि बढाइसकिएको छ । हालसम्म दक्षिण कोरियामा कार्यरत वडाबासीहरुबाट १ लाख ५० हजार रुपैयाँ प्राप्त भैसकेको र कतार, साउदी लगायतका देशमा कार्यरत वडाबासीहरुसँग पनि समन्वय गरिराखेको वडाध्यक्ष कंडेलले बताउनुभयो ।  यसै क्रममा साउदीमा कार्यरत वडाबासीहरुले सागर अधिकारीको संयोजकत्वमा अर्थ संकलन समिति गठन गरी रकम उठाउने काम भैरहेको जनाइएको छ । त्यस्तै अन्य देशमा रहेका वडावासीहरुले पनि रकम संकलन गरी सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको वडाध्यक्ष कंडेलले बताउनुभयो । एम्बुलेन्स खरीद गर्न सकेमा वडा नं ८ धुवाँकोट सहित वडा नं. ६ का केही भाग तथा वडा नं. ७ का केही भागमा समेत सुविधा दिन सकिने बताइएको छ । रकम संकलनको लागी आँबुखैरेनीको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको वडाध्यक्ष कंडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker