निगमले इन्धनको मूल्य बढाएसंगै हवाई भाडामा समेत वृद्धि

 

चितवन, जेठ २१– नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसंगै हवाई भाडामा समेत वृद्धि भएको छ । वायु संचालक संघले भोली (मंगलबार)देखी लागु हुने गरी आन्तरिक उडान तर्फको भाडामा वृद्धि गरेको हो । निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य वृद्धि गरेपछि संघले पनि भाडामा वृद्धि गरेको हो । नयाँ भाडा अनुसार अब भरतपुरदेखी काठमाडौंसम्मको यात्राका लागि तीन हजार ७ सय रुपैयाँ कायम गरिएको छ । यसअघि तीन हजार ६ सय रुपैयाँ रहेको थियो । इन्धनको मूल्य बढेसंगै एक सय रुपैयाँ भाडा वृद्धि गरिएको बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले  जानकारी दिनुभयो । उहाँका अनुसार बुुद्ध एयरको अहिले भरतपुरदेखी काठमाडौंसम्म दैनिक ५ वटा सम्म उडान हुने गरेको छ भने पोखरा तर्फ एउटा मात्र उडान हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker